×

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेटस्थित प्रस्ताविन सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले ३ लाख ३६ हजार नगदसहित एक जनालाई नियन्त्रणमा लिएको हो । 

नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ ए जेट ७५७४ नम्बरको टिभिएस मोटरसाइकलमा सवार पुर्बी चम्पारण जिल्लाको रक्सौल निवासी ४० वर्षीय भारतीय नागरिकको साथबाट ३ लाख ३६ हजार रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।

उनकाअनुसार २ लाख मूल्य बराबरको मोटरसाइकल पनि नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 
 

Back to top