×

व्यक्तित्व ल्याटिन शब्द "पर्सोना" बाट व्युत्पन्न भएको हो। 'व्यक्तित्व' शब्द पहिलो पटक ग्रीकमा नाटकीय मास्कको अर्थको लागि प्रयोग भएको थियो जुन ग्रीक अभिनेताहरूले अभिनयको लागि स्टेजमा आउनु अघि आफ्नो अनुहारमा लगाउन प्रयोग गर्थे। यस अर्थमा, ती दिनहरूमा, व्यक्तित्व भनेको व्यक्तिको बाह्य रूप थियो।  आज व्यक्तित्व शब्द विभिन्न तरिकामा व्याख्या गरिएको छ। मोर्टन प्रिन्सका अनुसार--- "व्यक्तित्व" भनेको व्यक्तिको मनोवैज्ञानिक प्रणालीका सबै जैविक जन्मजात स्वभाव, आवेग, प्रवृत्ति, भोक र प्रवृत्तिको कुल योग हो जसले उसको/उनको वातावरणमा उसको अद्वितीय समायोजन निर्धारण गर्दछ।'व्यक्तित्व भनेको व्यक्ति भित्रको गतिशील संगठन हो। 

हेली विलियमका अनुसार- "व्यक्तित्व" वातावरणमा विशेष गरी सामाजिक वातावरणमा बानी समायोजनको एकीकृत प्रणालीको रूपमा लीईनु पर्छ।

व्यक्तित्व - व्यवहार, भावना, प्रेरणा, र विचार ढाँचाहरूको संयोजन हो जसले व्यक्तिलाई परिभाषित गर्दछ। व्यक्तित्व मनोविज्ञानले विभिन्न व्यक्ति र समूहहरू बीच यी ढाँचाहरूमा समानता र भिन्नताहरू अध्ययन गर्ने प्रयास गर्दछ।व्यक्तित्व भनेको व्यक्तिको बानी, विशेषता, मनोवृत्ति र विचारहरूको एक नमूना शरीर हो किनकि यी भूमिका र स्थितिहरूमा बाह्य रूपमा व्यवस्थित हुन्छन् र तिनीहरू आन्तरिक रूपमा प्रेरणा, लक्ष्यहरू र स्वार्थका विभिन्न पक्षहरूसँग सम्बन्धित हुन्छन्।

मानिसको व्यवहाँरबाट उसको व्यक्तित्व झल्किन्छ।राम्रो व्यवहाँर गर्ने व्यक्तित्व पनि राम्रो नै हुन्छ। नराम्रा व्यवहाँर गर्ने मानिसको व्यक्तित्व पनि नराम्रै हुन्छ। यहाँ हामी सकारात्मक व्यक्तिको मात्र कुरा गर्दछौ।  मानिसको व्यक्तित्व भौतिकरुपले हेरेरमात्र निर्धारण गर्न सकिदैन। यो त बाहय तथा आन्तरिक गुणहरुको समष्टिगत प्रारुप हो जसमा उसको ज्ञान , सिप , धारणा , व्यवहाँर, प्रयोग र चरित्र अन्तर्निहित छ। व्यक्तित्व सामान्यरुपले बन्दैन। यो त उसको दर्शन, विचार , शब्द , कर्म , बानी, चरित्र , नियती , व्यवहाँर हुँदै गुज्रिने गर्दछ। 

सिगमन्ड  फ्रायड भन्छन  कि दिमागलाई तीन भागहरूमा विभाजित गरिएको छ: इड, इगो र सुपरइगो  , र यि  घटकहरू बीचको अन्तरक्रिया र द्वन्द्वले व्यक्तित्व सिर्जना गर्दछ (फ्र्युड, 1923/1949 फ्रुडियन सिद्धान्तका अनुसार,इड  व्यक्तित्वको अंश हो जसले हाम्रो सबैभन्दा आदिम आवेगहरूको आधार बनाउँछ।

मानिसको व्यक्तित्व निर्माणको क्रममा , परिवार , समाज, संगत , शिक्षा , दिक्षा सबैको उत्तिकै प्रभाव परेको हुन्छ। हुन त कोही मानिस पनि पूर्णताको संसारमा बाचेको  हुँदैन तर एउटा प्रभावशाली र सकारात्मक व्यक्तित्वमा पूर्णताको धेरैअन्शहरु समाहितहुन्छन।उनिहरु ठीक्क बोल्छन , सबैलाई उच्च  सम्मानका साथ व्यवहाँर गर्दछन। फरक क्षमत्ताको प्रदर्शन गर्न माहिर हुन्छन। समयसिमाको ख्यालराख्दै सबै काम समयमै फत्ते गर्दछन।उनिहरुको कार्यन्वयन तह असाध्यै प्रभावकारी हुन्छ।उनिहरुको प्रस्तुती , भाषा , बोलिचोली सटिक , प्रेरणादायी, मननयोग्य र उत्प्रेरणा जगाउने खालका हुन्छन।

प्रभावशाली व्यक्तित्वमा  शिक्षा , ज्ञान, सुझबुझ र अनुभवको ठुलो प्रभाव परेकोहुन्छ।उनिहरुको प्रस्तुती, भाषा, बोलिचाली सटिक, प्रेरणादायी, मननयोग्य र उत्प्रेरणा जगाउने खालका हुन्छन।प्रभावशाली व्यक्तित्वमा शिक्षा, ज्ञान, सुझबुझ र अनुभवको ठुलो प्रभाव परेको हुन्छ। 

शिक्षाले मानिसको व्यक्तित्वमा निखार ल्याउछ।शिक्षित मानिसहरुमा करुणा , दया, माया, परोपकारी भावनाको अपार स्रोत हुन्छ। प्रभावशाली व्यक्तिहरु समाजमा आदराणिय हुन्छन र अरुलाई पनि त्यत्ती नै आदर सम्मान गर्दछन। उनिहरु विवेक , नैतीकता र कोमल भावनाका धनीहुन्छन, ज्ञान, सुचना र विवेकका भण्डार नै हुन्छन। व्यक्तित्व शारीरिक आवरण मात्र होइन , यो गुण र प्रभावसँग सम्बन्धित छ।

व्यक्तित्व निर्माण जन्मजात हुँदैन। यो त परिवेश, प्राप्त अवसर त त्यसको समुचित प्रयोगमा आधारित हुन्छ। हामीले बाल्यकालमै आफना सन्ततिहरुलाई उनिहरु जित्नका लागि जन्मेका हुन, हार्नका लागि होइन , उनिहरु अरुजत्तिकै सफल र सक्षम छन, उनिहरुले फरक क्षमत्ता प्रदर्शन गरेर नयाँ नतिजा निकाल्न सक्छन भन्ने कुराको स्मरण र अनुभुत गराउन सक्नुपर्दछ।तर हामी कहा जन्मेका दिनदेखी नै निराशा , विभेद , कुण्ठा , गुनासाले भरिएका कुराहरु गुन्जन थाल्दछन।त्यो बालकले जताततै नकारात्मक शब्द, ध्वन्शकारुपहरु , कोलाहल र चिच्चाहट मात्र देख्न पुग्दछ अनी उसले कसरी  आफ्नो मानसिक बिकास सोचे जस्तो  बिकास गर्न सक्छ त।. ।आफ्नो व्यक्तित्वलाई आकर्षक , नमुनायोग्य, उदाहरणिय , प्रभावकारी बनाउनका लागि उत्साह र साहसको नितान्त आवश्यक  पर्दछ। हामीले आफु जे बन्न चाहन्छौ त्यसका लागि उत्साह र साह्सको नितान्त जरुरत पर्दछ। हामीले आफु जे बन्न चाहन्छौ त्यसका लागि उत्साह र साह्सको अपरिहार्य आवश्यकत्ता रहन्छ।

हामी कसरी प्रस्तुत हुन्छौ? कस्ता शब्द बोल्छौ? कस्तो आचरण प्रस्तुत गर्दछौ? कस्तो व्यवहाँर मा प्रतिविम्बित हुन्छौ? त्यसैको आधारमा नै हाम्रो व्यक्तित्वको आकलन र मुल्याङ्कन हुन्छ।हाम्रा सदगुण , कार्यक्षमत्ता , कार्ययोग्यत्ता , कार्यसामर्थ्य अनी म्रीदुवचन सुपष्ट   विचारले नै व्यक्तित्वलाई प्रतिनिधित्व र प्रतिविम्बित गर्दछ।।

अब्रहम लिन्कन , निल्सनमण्डेला, कुरैटो दार्शनिक सुकरात शरीरिक रुपमा सुन्दर थिएनन तर उनिहरुको भित्री क्षमत्ता र विचार अभुतपुर्व थियो, उनिहरुले जे बोल्थे त्यसको तरङ जताततै फैलिन्थ्यो।उनिहरु जे बोल्थे, सत्य र औचित्यपूर्ण बोल्दथे। नैतीकता , यथार्थता र , औचित्यपूर्ण विचारका धनी थिए , त्यसैले सुन्दरत्ता आवरण र झट्टदेखिने स्वरुप र प्रारुपमा सिमित हुँदैन बरु यो त भित्रिरुपमा भएकाआत्मविश्वास , प्रभावशाली प्रस्तुती, ज्ञान, सिप, धारणा , विचार, व्यवहाँर, चरित्र सबैको सम्ष्टिगत रुपहो। सनतत्तिको व्यक्तित्व कस्तो बनाउने भन्ने कुरा अभिभावकको  पालन पोषण ,शिक्षा दिक्षा र उनिहरुलाई सिकाएको सन्स्कार,  निती,  नियम, मुल्य र मान्यतामा आधारित हुन्छ। 

त्यसमा पनि एउटा आमाको भूमिका अतुलनिय र प्रशन्सनीय हुन्छ। एउटा बालकको व्रित्ती बिकासमा आमाले गती छाडने हो भने, बाउले केही गर्न सक्दैन, उ लाचार हुन्छ , उसको अगाडि अर्को विकल्प नै हुँदैन अझ हाम्रो जस्तो मुलुकमा पुरुषहरुको ध्यान नै कसरी कमाउने र श्रीमती र छोराछोरीको आवश्यकता पुर्ती गर्ने हुन्छ र यसै  सिलसिलामा उसले आफ्नो भित्री वस्त्र पनि फाटेको थाहै पाउदैन. तेतिकै भनेका हैनन नेपोलिअन बोनापार्टले , " मलाई राम्रो आमा देउ म तिमीहरुलाई राम्रो राष्ट्र दिन्छु।"

आमा हुनु भनेको आफूलाई थाहा नभएका शक्तिहरूको बारेमा सिक्नु हो, र आफूलाई थाहा नभएको डरसँग व्यवहार गर्नु हो।

"जब तपाईं आमा हुनुहुन्छ, तपाईं आफ्नो विचारमा कहिल्यै एक्लो हुनुहुन्न। एउटी आमाले सधैं दुई पटक सोच्नु पर्छ, एक पटक आफ्नो लागि र एक पटक आफ्नो बच्चाको लागि। ”-सोफिया लोरेन
"आफ्ना बच्चाहरूको जीवनमा आमाको प्रभाव गणना भन्दा बाहिर हुन्छ  ।" -जेम्स ई. फाउस्ट

१८ वर्ष पार गरेका छोराछोरिहरुलाई आँफै आफ्नो गन्तव्य तय गर्न दिनु पर्दछ, उनिहरुलाई आँफै फक्रिन दिनु पर्दछ, बाउआमाको व्यक्तित्व जस्तो छ त्यस्तो बनोस भन्ने  सोच नै गलत हुन्छ, उनिहरुले दु:ख , दर्द को अनुभुती गर्न सिकुन , समय र पैसाको महत्वलाई आफ्नै संघर्षद्वारा बुझुन, प्रत्एक पसिनाको अर्थ र मुल्यलाई बुझ्ने हुन , जीवन समुन्द्रको छेउमा गएर फोटो खिचेर फेसबुकमा हालेजस्तो हैन,  सफलअता र प्रगतिको बाटोमा पुग्न चट्टानजस्तो दरो मुटु ,  द्रिढ सन्कल्पित हुन सिक्नु पर्‍यो । आसु बगाएर र ज्योतिषिलाई हात देखाएर आफ्नो भाग्य र  व्यक्तित्व कहिल्यै पनि बन्दैन।  

यसै सन्दर्भमा अमेरिकि पुर्वराष्ट्रपत्ती अब्राहमलिन्कनले आफ्नो छोराको व्यक्तित्व कस्तो बनाउने भन्ने बारेमा छोरा पढने विद्यालयका प्रधान्याध्यापक् लाई लेखेको पत्र यहाँ सभार गरिएकोछ।
श्रीमान प्रधान्याध्यापक्   ज्यु , 

छोराले यो कुरा सिकोस कि सबै मानिसहरु एकै किसिमका हुँदैनन। समाज मा दुष्ट मानिसहरु पनि छन र सज्ज्जन मानिसहरु पनि छन, स्वार्थी राजनीतिज्ञहरु पनि छन भने समर्पित निष्ठावान नेताहरु पनि छन। यो कुरा बुझाउन समय त लाग्लानै तैपनी उसलाई परीश्रम गरी कमाएको १डलर, सित्तैमा पाएको ५ डलर भन्दा बढी मुल्यवान हुन्छ भन्ने कुरा बताइदिनुहोस। उसले विजय र पराजय के हो राम्ररी बुझोस्। त्यस्तै ईर्षाले युक्त भएको हासोको भित्री मर्म बुझोस्।उसलाई आकाशमा उडिरहेका चराहरु, घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरिहरु र पहाडी काखमा फुलेका फुलहरुको शाश्वत रहस्यबुझ्न केही समय दिनुहोस्।

मेरो छोरा जतातिर हुल छ त्यतै तिर लाग्ने प्रव्रित्तिको नहोस। सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होओस। दु:ख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस। उसलाई कहिलेकाही आँखाबाट आसुँ झर्नु लाजमर्दो कुरो होइन भनि दिनुहोस्। उसले आफ्नो बाहुबल , बुध्दी र सामर्थ्यमा विश्वास गरोस। यदी उध्हेश्य उपयुक्त र सही छ भने द्रिढशक्तिको बिकासगरिदिनुस। उ सँग नम्र व्यवहाँर त गर्नु होस् तर उसले टाउको मा टेक्ने गरी चाँही होइन। सम्झाउनुहोस आगाको लप्काबाटै फलाम खारिन्छ। उ भित्र साहस र सधैं केही गरौ भन्ने भावना भईरहोस्।मेरो छोरा स्वयम निर्भिक , साहसी र उत्साही बन्न प्रेरित भईरहोस। अनिमात्र उ मानवत्ताप्रत्ती नरम रआस्थावान हुनसक्छ।

व्यक्तित्व - व्यवहार, भावना, प्रेरणा, र विचार ढाँचाहरूको संयोजन हो जसले व्यक्तिलाई परिभाषित गर्दछ। व्यक्तित्व मनोविज्ञानले विभिन्न व्यक्ति र समूहहरू बीच यी ढाँचाहरूमा समानता र भिन्नताहरू अध्ययन गर्ने प्रयास गर्दछ।व्यक्तित्व भनेको व्यक्तिको बानी, विशेषता, मनोवृत्ति र विचारहरूको एक नमूना शरीर हो किनकि यी भूमिका र स्थितिहरूमा बाह्य रूपमा व्यवस्थित हुन्छन् र तिनीहरू आन्तरिक रूपमा प्रेरणा, लक्ष्यहरू र स्वार्थका विभिन्न पक्षहरूसँग सम्बन्धित हुन्छन्।

अन्त्यमा एक विध्दानको उद्धरणलाई प्र्स्तुत गर्दै म आफ्नो आलेखलाई विश्राम दिन चाहन्छु , " व्यक्तित्व सुरु हुन्छ जहाँ तुलना छोडिन्छ। अद्वितीय हुनुस् ,  स्मरणीय बन्नुहोस्। आत्मविश्वासी बन्नुस । गर्व गर्नुहोस्।" श्यानन एल अल्डर 

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ) [email protected]

Back to top