×

वीरगञ्ज । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले अवैध लागु औषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई ठमेलको एक होटलबाट ब्यूरोको टोलीले ब्राजिलियन नागरिकहरु लारिसन ब्रिटो डोस सान्तोस र फर्नान्डा भेल डोस सान्तोसलाई १३ चैतमा पक्राउ गरेको हो ।

उनीहरुले सुटकेशभित्र प्याकेटमा र्‍याप गरेर कोकिनका क्याप्सुलहरु राखेको पाइएको ब्यूरोले जनाएको छ । उक्त कोकिनको तौल १ किलो ३९० ग्राम छ । पक्राउ परेका दुबै जनाले ब्राजिलको सापाउलोबाट कोकिनका क्याप्सुलहरु निलेर ल्याएको खुलेको ब्यूरोका एसपी रामेश्वर कार्कीले बताए ।

उनीहरुको पेटमा थप क्याप्सुलहरु रहेको देखिएको भन्दै प्रहरी अस्पताल समेत पठाइएको थियो । अस्पताल लगेर ६५ ग्राम कोकिन निकालिएको थियो ।

Back to top