×

फाइल तस्बिर ।

आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी अर्थात् प्रवर्तन निर्देशनालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन् ।

यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले हिजो केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले चार दिन मात्रै समय थप गरेको छ । ईडीले केजरीवाललाई सोधपुछपछि एक हप्ताअघिको बिहीबार निवासबाटै पक्राउ गरेको थियो ।

त्यसपछि उनलाई गएको शुक्रवार अदालतमा पेस गरिएको थियो । यस्तै जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरेको छ ।

अदालतले मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने नियम र कानुन नरहेको भन्दै त्यसमा न्यायिक हस्तक्षेपको कुनै ठाउँ नभएको बताएको छ ।

Back to top