×

वीरगञ्ज । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको एसइई परीक्षामा पर्साका २६ वटा परीक्षा केन्द्रमा एकैसाथ शान्तिपूर्ण रुपमा भएको छ ।

७८ वटा सामुदायिक विद्यालय, ६२ संस्थागत विद्यालय गरी एकसय ४० विद्यालयका १० हजार २५३ जना परीक्षार्थीले यसवर्ष पर्सा जिल्लाबाट एसईई परीक्षा दिदैँछन् । नियमिततर्फ ९ हजार ५२५, प्राविधिकधारतर्फ १८५ र ग्रेडवृद्धितर्फ ५४३ जना परिक्षार्थी भाग लिइरहेका छन् ।

यसवर्षपर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ स्थित कारगार र बालसुधार गृहका बन्दीहरु गरी ७ जनाले पहिलो दिनको एसईई परीक्षा दिएका हुन् ।  

जिल्ला शिक्षा तथा समन्वय एकाई पर्साका परीक्षा सहायक गोपाल साहका अनुसार कारगारका ३ जना र बालसुधार गृहका ४ जना गरी ७ जना कैदीबन्दीले एसईई परीक्षामा सहभागिता जनाएका छन् । 

परीक्षा आज बिहान ८ बजेबाट जिल्लाभर एकै साथ सुरु भएको हो । चैत २७ गते सम्पन्न हुने परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा पर्साका परीक्षा सहायक गोपाल साहले जानकारी दिनुभयो । 

Back to top