×

वीरगञ्ज ।  नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले आठ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ।

Back to top