×

अल–कायदाको यमन शाखाले आफ्नो नेता खालिद बतारफीको मृत्यु भएको जानकारी दिएको छ । यद्यपि उनको मृत्यु के परिस्थितिमा भएको हो भन्ने बारे कुनै जानकारी आएको छैन ।

अल-कायदा इन द अरेबियन पेनिन्सुला (एक्यूएपी) को भिडियोमा बतारफीको शव कफनमा बेरिएको देखाइएको छ। उनको शरीरमा संगठनको ब्यानर बेरिएको छ । संगठनसँग सम्बद्ध एक वरिष्ठ सदस्यले उनको मृत्यु कसरी भयो भन्ने खुलाउन चाहेनन् । तर उनले आफ्नो पूर्ववर्ती जस्तै ‘मारिएनन्’ भन्ने शब्द प्रयोग गरे ।

साउदी अरबका नागरिक बतारफी आफ्नो उमेरको चौथो दशकमा थिए । उनी २०२० मा एक्यूएपीको नेता बने। अमेरिकाले सन् २०१८ मा उनलाई ‘वैश्विक आतंकवादी’ को सूचीमा राखेको थियो । उनीमाथि पचास लाख डलर पुरस्कार राखिएको थियो ।

एक्यूएपीको मिडियाद्वारा एक सोशल मिडिया पोस्टमा संगठनका अधिकारी अबु खुबयब अल-सुदानीले बतारफीको मृत्युको बारेमा जानकारी दिने बयान पढिरहेको देखिन्छ। उनलाई कसैले आक्रमण गरी मारेको हो भन्ने कुरा भने त्यहाँ उल्लेख गरिएको छैन ।

Back to top