×

होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई संघीय अमेरिकी अदालतमा लागु औषध तस्करीको आरोपमा दोषी ठहर गरिएको छ । हर्नान्डेजलाई शुक्रबार अमेरिकामा कोकिन आयात गर्ने षड्यन्त्र र मेसिन गनलगायत ‘विनाशकारी उपकरणहरू’ राखेको अभियोगमा दोषी ठहर गरिएको हो। अभियोजनकर्ताहरूले पूर्व राष्ट्रपतिले होन्डुरसलाई ‘नार्को- स्टेट’ जस्तै चलाएको र लागूपदार्थ तस्करहरूबाट घूस लिने र बचाउने गरेको आरोप लगाएका थिए ।

हर्नान्डेजले अब जेलमा जीवन बिताउनुपर्ने भएको छ । ५५ वर्षीय पूर्व राष्ट्रपतिले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै र मुद्दामा दोषी नभएको दाबी गरे। करिब दुई दिनको बहसपछि म्यानहट्टनको संघीय अदालतमा निर्णायक मण्डलले उनलाई दोषी ठहर गरेको हो । हर्नान्डेज लगातार दुई कार्यकालका लागि गर्दै २०१४ देखि २०२२ सम्म होन्डुरसका राष्ट्रपति थिए ।

कार्यालय छोडेको तीन महिना पछि उनलाई न्यूयोर्क सुपुर्दगी गरियो र अप्रिल २०२२ मा अमेरिकामा आरोपहरूको सामना गर्न पक्राउ गरियो। हर्नान्डेजलाई कुनै समय अमेरिकाको बलियो सहयोगीको रूपमा हेरिन्थ्यो। होन्डुरसको उनको नेतृत्वमा देशले अमेरिकाबाट लागु औषध विरोधी सहायतामा ५ करोड अमेरिकी डलरभन्दा बढी प्राप्त गरेका थिए । साथै सुरक्षा र सैन्य सहायतामा थप रकम पाएका थिए । –बीबीसी

Back to top