×

हरेक वर्ष, फेब्रुअरी महिनामा, विश्वभरि लाखौं मानिसहरूले सेन्ट भ्यालेन्टाइन डे भनेर चिनिने उत्सवमा कार्डहरू, क्यान्डी, फूलहरू, गहनाहरू र अन्य उपहारहरु  आदानप्रदान गर्छन्। यस समयमा दम्पतीहरू घुम्नको लागि  बाहिर जान्छन्, प्रेमीहरूले आत्मीयताहरू साझा गर्नेछन्, साथीहरू र परिवारका सदस्यहरूले अँगालो आदानप्रदान गर्छन्  साथै चुम्बनको आदान प्रदान गर्छन् । फेब्रुअरी १४ लाई भेलेन्टाइनको सम्झनामा उतस्व मनाउने गरिन्छ। 

अमेरिका स्थित ग्रीटिंग कार्ड एसोसिएसनले अनुमान गरेको छ कि प्रत्येक वर्ष लगभग एक अरब भ्यालेन्टाइन कार्डहरूको विक्री वितरण हुन्छ ।  अमेरिकी राष्ट्रिय जनगणनाका अनुसार  अमेरिकीहरूले वार्षिक रूपमा लगभग ३.५ मिलियन टन क्यान्डी खपत गर्छन् र यसको ठूलो भाग भ्यालेन्टाइन डेको लागि खरिद गरिन्छ। फ्लोरल इन्डेक्सका अनुसार अमेरिकामा भ्यालेन्टाइन डेमा ११ करोड गुलाब बिक्री हुन्छ र अन्य उपहारमा अमेरिकीले १८ अर्ब डलर खर्च गर्छन्। यो दिन सम्पूर्ण यूरोपियन मुलुक तथा तेश्रो मुलुकमा विदा दिने चलन छ । कतै कतै नदिएको पनि हुन सक्छ । 
तर यो छुट्टी कसरी अस्तित्वमा आयो? यसको उत्पत्ति कहिले र कहाँ भयो ? यो किन फेब्रुअरी १४ मै हुने गर्छ ? यो एक संतसँग  कसरी जोडियो?

भ्यालेन्टाइन डे र रोमन क्याथोलिकको उत्पत्तिको बारेमा धेरै किंवदन्तीहरू छन्। भनिन्छ  सेन्ट भ्यालेन्टाइन रोमका एक पादरी या पूजारी थिए जसले युयुवतिहरुको जोडीलाई ईसाई धर्मअनुसार विवाह गराउने गर्थे।  २७० एडी मा उनलाई  सम्राट क्लाउडियस द्वितीयको शासनकालमा मारियो। 

सेन्ट भ्यालेन्टाइनको मृत्युको दुई सय वर्षपछि,पोप गेलासियस प्रथमले फेब्रुअरी १४ लाई भेलेन्टाइनको सम्मानमा आधिकारिक रूपमा तोके। 

पाठकहरुलाई कत्तिको जानकारी छ,  रोमन शाहीडहरुको ईतिहासमा दुई भेलेन्टाइन छन। एक जना क्रिश्चियन पादरी थिए, जो ३०० एडी  को आसपासमा उहाको उपस्थिती थियो र वहाँ एक शिक्षक हुनुहुन्थ्यो । वहाँलाई त्यसबेलाको शिक्षामा युवालाई उद्देलित गर्न खोजेको भनी जेलमा हालियो। र  वहाँले रोमन देवताहरुको अस्तित्वलाई अस्विकार गर्नु भएको थियो। र साथै जेलरको छोरीको अन्धोपनलाई निको पारेकोमा दोषारोपण गरी उनलाई जेल हालियो। भेलेन्टाइनको  टाउको फेब्ररी १४ का दिन  काट्न लगाइयो। आफुलाई काटिनु एक दिन अघी उनले जेलरको छोरीलाई एउटा मर्मस्पर्षी चिट्ठी लेखेका थिए र अन्त्यमा यो मेरो विदाइको पत्र हो छोरी भनी लेखिएको थियो र अन्त्यमा " तिम्रो भेलेन्टाइन " भनी लेखिएको थियो।   

अर्को भ्यालेन्टाइन एक इटालियन विशप थिए।  विश्वास गरिन्छ रोमन सम्राट क्लाउडिस द्वितियको आज्ञाको नियमविपरीत उसले गोप्य रूपमा युवायुवतिहरुलाई, (राज्यले प्रतिबन्ध लगाएको कानुनलाई नमानेकोले,)  विवाह गराएको आरोपमा गिरफ्तार गरी १४ फ्रेब्ररीमा उनलाई फासी दीइयो। 

यस मितिमा  आफ्ना   प्रेमी र प्रेमिका रोज्ने चलन छ । यो चलन मध्ययुगमा युरोपमा फैलियो र त्यस पछी प्रारम्भमा अमेरिकि उपनिवेशहरुमा फैलियो। 

१७औ सताप्दिको शुरुवात सँगै भेलेन्टाइन डे को दिन पुरुषहरुले आफ्नो प्रेमिकालाई प्रेम दर्शाउन एउटा नयाँ अङ्रेजी कथन शुरु भयो " “wearing his heart on his sleeve.” जसको नेपालीमा रुपान्तरण गर्दा ," तिमी आफ्नो मनको बहलाई खुलेरै आफ्नो प्रेमिकाको अगाडि राख" । युगौंदेखि तेश्रो मुलुकमा  यो विश्वास गरिन्छ कि यै दिन चराहरुले आफ्नो जोडी छान्दछन । 

भेलेटाइन डे भनेको त्याग, तपस्या , भक्ती, समर्पण र आफ्नो अडानमा कहिल्यै नडग्ने भन्ने अर्थमा लिनु पर्छ जसरी सन्त भेलेन्टाइन क्रुर सम्राट क्लाउडिअसको अगाडि आफु कहिल्यै  झुकेनन बरु मृत्युवरण स्विकार गरे  । सम्राट क्लाउडीअस जसले जवान युवायुवतिहरुलाई युद्धमा हारिन्छ भने विवाह गर्न रोक लगाएको थियो। उनले त्यसलाई मानेनन र युवा युवतिको जोडीलाई  मिलन गराउथे । उनको सोचाइ थियो कि विवाह एक जैविक र प्रकृतिक घटनाक्रम हो। यसलाई रोक्नु प्रक्रित्तिको विरोधमा छ ।  

भ्यालेन्टाइन डे, मूल रूपमा नेपाली संस्कृतिको हिस्सा नभए पनि पश्चिमी सस्क्रित्तीको प्रभावले हामी यसबाट टाडिन सकेका छैनौ । पूँजीवादको चरम प्रभावले यस् उत्सवको यती व्यापारिकरण भएको छ कि विभिन्न विक्रित्तिहरु समाजमा देखिन थालिएको छ । झन सामाजिक सन्जालको बढदो प्रभावले  किशोर किशोरिहरुको माझमा यसको व्यापकताले जरो गाडन थालेको छ । अझ भनौ दिनानुदिन यसले ४० कटेका महिला पुरुष माझ पनि  यसलाई अनुसरण गर्न थालिएको छ । यो हाम्रो देशको सन्स्कार र परम्परा भित्र पर्दै पर्दैन । यो त ल्याइते सन्स्कार हो जसलाई हामीले प्राथमिकमा राख्नु नै विडम्बना हो ।

राधा कृष्ण, सिता राम, नला र दयमन्ती , मेनका र विश्वामित्र , साबित्री सत्यवान , कामा-रती , ब्रह्मा-सरस्वती, बिष्णु-लक्ष्मी , शिव -पार्वती र मनु- शतरुपा हाम्रा पारम्पारिक देवी-देवताहरुको प्रेमिल सम्बन्धको बारेमा अहिलेको पुश्तालाई केहीपनी थाहा छैन । हामीले यो वैश्विक संसारमा ज्ञान र जानकारी सबै तिरको राख्नु पर्दछ तर आफ्नो धर्म , सन्स्कार र परम्परालाई विक्रित पार्नु हुँदैन जसले गर्दा केही समयको अन्तरालपछी हाम्रो पहचान नै विलिन हुन पुगोस। 

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।) [email protected]

Back to top