वीरगञ्ज । अनलाइन एटेन्डेन्स सिस्टम ‘एटेन्डेन्स’ क्यान इन्फोटेक २०२४ मा सहभागी हुने भएको छ । माघ २५ देखि २९ सम्म सञ्चालन हुने मेलामा एटेन्डेन्स आफ्ना महत्त्वपूर्ण उत्पादनसहित सहभागी हुने भएको हो । कम्पनीले उक्त मेलामा विभिन्न प्रकारका व्यवसायलाई लक्षित हुने गरी सफ्टवेयर ल्याएका बताएको छ ।
मानवस्रोत संसाधन, पे–रोल व्यवस्थापन, बिदा, कार्यालय भिजिट एवं दैनिक हाजिरी व्यवस्थापन गर्न सकिने सफ्टवेयर, मोबाइल एप लगायत मेलामा प्रस्तुत गरिने बताइएको छ । कम्पनीका अनुसार मोबाइलबाटै हाजिर, बिदा लिन सकिने, रिपोर्ट हेर्न सकिने व्यवस्था रहेको छ ।
१५ वर्षदेखि एक हजारभन्दा बढी ग्राहकमा सफ्टवेयर वितरण एवं व्यवस्थापन गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी व्यस्थापक सञ्जीव बडेले जानकारी दिए । मेलामा सफ्टवेयर डेमो हेर्न सकिने, सफ्टवेयर बुकिङ गर्दा आकर्षक छूट पाउन सकिने बताइएको छ ।