×

आज माघ ५ गते मधेश विद्रोह/जनविद्रोह दिवस हामिले मनाउने गरेका छौं । र आजको मधेश विद्रोहको यो ऐतिहासिक दिनमा तपाईहरु सबैलाई हार्दिक शुभकामना म दिन चाहन्छुँ । र सम्झिन चाहन्छुँ त्यो २०६२/०६३ को अंग्रजी डेट २००७को मधेशविद्रोह जसले नेपाली राज्य संरचनालाई परिवर्तन गर्न एउटा ऐतिहासिक भूमिका खेलेको थियो ।

सम्झना छ अन्तरिम संविधानको धरा १३८, गिरिजा प्रसाद कोइरालाज्यु प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला चाहिँ संघीयतासहितको राज्य पुर्नसंरचना अग्रगामी राज्य पुर्नसंरचना गर्ने भनेर मधेश विद्रोहको कारणले संविधानमा संशोधन हुन बाध्य भएको थियो ।

त्यस्तै राज्यको समानुपातिक समावेशी संरचना, भाषा संस्कृति र पहिचान सुनिश्चित गर्न पनि यो ऐतिहासिक मधेशविद्रोहले ठूलो भूमिका खेलेको थियो । त्यसलगायत नेपाली राज्यसंरचनामा जुन समावेशीको हिसाबले रुपान्तरण भयो त्यसमा त्यो आन्दोलनको ठूलो भूमिका चाहिँ छ । हुनलाई सीमाको सन्दर्भमा अझै पनि असन्तुष्टि बाँकी नै छन् किनभने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको “एक मधेश एक प्रदेश”को डिमाण्ड थियो । तर,आठ (८) जिल्लामा मधेश प्रदेश चाहिँ सीमित रह्यो त्यसले गर्दाखेरि त्यतिबेलाको जुन डिमाण्ड थियो त्यस अनुसारको संरचना बन्न सकेन । र असन्तुष्टि कायमै छ ।

तत्पश्चात समानुपातिक समावेशीमा महिलासाथीहरु, दलितसाथीहरु, जनजातिसाथीहरुलगायतकाहरुले अहिले समावेशी कोटामा लोकसेवालगायत राज्यको विभिन्न संरचनामा मौका पाइराख्नुभएको छ । त्यसलाई पनि म ठूलो उपलब्धिकै रुपमा लिन्छु ।

राज्यको संरचना विस्तारै सयौं थुँगा फुलका हामि … जुन हाम्रो राष्ट्रिय गान छ त्यो बमोजिमको बन्दै गएको छ । सबैको स्वामित्व स्थापित हुने वातावरण बनिरहेको अवस्था चाहिँ विद्यमान छ । हुनलाई संघीयताको जुन परिकल्पना थियो स्वशासनको त्यो चाहिँ पूरा हुन सकेको छैन । किनभन्दाखेरि प्रहरी,प्रशासन,कर्मचारीतन्त्रलगायतका विभिन्न कुराहरु त्यो सम्बोधन हुन बाँकी नै छ ।त्यसकारण,नामकालागि भए पनि संघीय संरचना चाहिँ छ हामिसंग ।

त्यो चाहिँ विकासे अड्डा भन्दा,सरकार भन्दा पनि पैसा केन्द्रले दिने र प्रदेशले त्यसलाई चाहिँ योजना बाँडफाँड गरेर विकास गर्ने रुपमा सीमित भएको अवस्था चाहिँ विद्यमान छ त्यसकारणले सैद्धान्तिक हिसाबलेृ संघीयतालाई अन्तरिम संविधानमा छिराउने त्यो मधेश आन्दोलनको माघ ५ चाहिँ ऐतिहासिक दिन हो र यो चाहिँ कुनै समुदाय र वर्गमा होइन पुरा देशकै राज्य संरचनाको अहिलेको संविधान जुन छ “संघीय लोकतान्त्रिक गणतन्त्र”त्यसको एउटा परिपुरक आन्दोलन त्यतिबेलाको जनआन्दोलन, माओवादी आन्दोलनको एउटा परिपुरक आन्दोलनको रुपमा मधेश विद्रोह रहेको थियो । जसले चाहिँ नेपालको संघीय गणतान्त्रिक लोकतन्त्र बनाउनकालागि अहिलेको संविधान जुन संघीय लोकान्त्रिक गणतन्त्र छ । त्यतिमात्र होइन त्यसको प्रारुप बनाउनकालागि महत्वपूर्ण भूमिका खेलेको थियो ।

तसर्थ यो ऐतिहासिक दिन राज्यको पुर्नसंरचना हुने गरी भएको विद्रोहको यो ऐतिहासिक दिनमा ती सम्पूर्ण ज्ञात अज्ञात शहीदसहित योगदान दिने सबैलाई म नमन गर्न चाहन्छुँ । र त्यो आन्दोलनमा घाइते भएका योगदान दिएकासाथीहरुको योगदान आफैमा ऐतिहासिक छ । त्यसकारणले आजको दिन सधैंभरि स्मरणको रुपमा दियो झै बलिरहोस जसले हामिलाई अधिकारको आन्दोलन र लोकतान्त्रिक गणतान्त्रिक अभ्यासमा निरन्तर लड्न प्रेरित गरिरहोस भन्ने कामना । साभार : जनकपुर पोष्टबाट

दीपेन्द्र झा, जनतासमाजवादी पार्टीका जुझारु युवा नेता एवम्  पूर्व मुख्यन्यायाधिवक्ता,  मधेश प्रदेशले दिएको अभिव्यक्ति जस्ताको त्यस्तै

Back to top