×

वीरगञ्ज । वर्ष २०२३ को बीवाइडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत विद्युतीय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको ६ महिना मानै विवाइडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको जनाइएको छ ।

विवाइडीका अध्यक्ष टेलरलिले बीवाइडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम–चेन्जर भएको बताए । इतिहासमा पहिलो पटक एउटा निर्माताले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको समेत उनको भनाई छ । यो जुन आफैमा पूर्ण , र आरामदायक बताउँदै उनले भने, “यसको आकर्षक डिजाइन तथा प्रतिस्पर्धी मूल्यले पुरा उद्योगलाई आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । विद्युतीय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्‍याउनु नै हाम्रो लक्ष्य हो ।”

बीवाइडीले २०२३ मा ब्राजिलमा मात्रै पाँच हजार भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ । यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीहरूमा विद्युतीय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ ।

बीवाइडी डल्फिन वर्षको सबैभन्दा प्रतीक्षित गाडी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मूल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भव छ भन्ने कुरा विवाइडी डल्फिन ले पुष्टि गरेको छ ।

नोभेम्बर देखि डिसेम्बर सम्म मात्रै बीवाइडी डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ । जसमा अटो इम्पोर्ट म्यागेजिन २०२४ कार अफ द यअर, युओएल कारोस अवार्ड, हाई लाइट अफ द यअर , इलेक्ट्रिक ह्याच, मोबीलीडाडे एइस्टाडो २०२४ अवार्ड, वेस्ट इलेक्ट्रिक कार, जर्नल दो कोरा च्वाइस, ट्रेन्ड कार २०२३ (टेरा–गाइड द कोरा), इलेक्ट्रिक कार, पर्चेज अफ द यअर २०२४ (मोटर सो) इलेक्ट्रिक अप टु रु २०० के (ब्राजिलियन रियाल), एल’अटो परफेरीता, वेस्ट इलेक्ट्रिक अप टु रु २००के (ब्राजिलियन रियाल), कार अवार्ड ब्राजिल (कार म्यागेजिन) , वेस्ट इलेक्ट्रिक कार, टोप कार टिभी, वेस्ट इलेक्ट्रिक अप टु रु २००के (ब्राजिलियन रियाल) रहेका छन् ।

बीवाइडी डल्फिन सेप्टेम्बर देखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ । यसले ब्राजिलका जनताको विद्युतीकरण प्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको जनाइएको छ ।

Back to top