सामसङले नेपालमा फाइभजी प्रविधि शुरू गर्ने तयारी गरेको छ । नेपालमा आविष्कारको क्षेत्रमा समेत काम गर्दै आएको सामसङले फाइभजी प्रविधिमा काम गर्ने भएको हो । स्मार्टफोनमा उन्नत र नवीनतम प्रविधि भित्त्याउन सामसङको बेग्लै पहिचान रहेको कम्पनीले दाबी गर्दै आएको छ ।
हाल नेपालका दुई प्रमुख टेलिकम अपरेटर नेपाल टेलिकम र एनसेलको देशभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सी सञ्चालनमा छन् । अहिले नेपालमा सञ्चालनमा रहेका सबै समान ब्यान्ड टुजीका लागि ब्यान्ड ८ (९०० मेगाहर्ज), थ्रीजीका लागि ब्यान्ड १ (२१०० मेगाहर्ज) र फोरजीका लागि ब्यान्ड ३ (१८०० मेगाहर्ज) सबैलाई सामसङको समर्थन रहेको बताइएको छ ।
नेपाल टेलिकमले भीओईएलटी विस्तार गर्ने समयमा एलटीई/फोरजी नेटवर्कलाई साथ दिन अतिरिक्त समान ब्यान्ड २० (८०० मेगाहर्ज) प्रस्तुत गरेको र उपकरणमा सामसङले त्यसको प्रयोग पनि गरेको कम्पनीले जानकारी दिएको छ । सामसङले नेपाल टेलिकम र एनसेलसँग मिलेर फाइभजी प्रविधि विस्तारमा अगाडि बढ्ने भएको हो ।