×

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित एभोकाडो होटलबाट पाँच जना ज्वाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले बिहिबार साँझ ५ बजेर ४० मिनेट जाँदा एभोकाडो होटलको कोठा नम्बर २०८ बाट जुवा(तास) खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१ बस्ने ४० बर्षीय बलराम बिश्वकर्मा, हेटौंडा–१२ बस्ने ३५ बर्षीय दिपक घले, चितवन भरतपुर महानगरपालिका–२ घर भई हेटौंडा–४ बस्ने ४५ बर्षीय सुन्दर कुमार श्रेष्ठ, हेटौंडा–५ बस्ने ३४ बर्षीय सहदेव लम्साल र हेटौंडा–४ बस्ने ४२ बर्षीय प्रकाश मानन्धर रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

उनका अनुसार उनीहरुले जुवा खेलिरहेको खालबाट लाख ५४ हजार ४२० रुपैया नगद चार बुक तास र क्वाईन ७६ थान बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

Back to top