×

वीरगञ्ज । प्रहरीको फरार सूचीमा रहेका बाराको जितपुरसिमरा उपमहानगरपालिकाका एकजना जनप्रतिनिधिले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको तस्विर सार्वजनिक गरेपछि खैलाबैला मचेको छ ।

बारा प्रहरीले अभद्र व्यवहार मुद्दा दायर गरेर खोजी गरिरहेको जीतपुरसिमरा उपमहानगपालिका-७ का वडाअध्यक्ष सुनिल गुप्ताले काठमाडौँको बालकोटस्थित पूर्वप्रधानमन्त्री केपी ओली निवासीमा उनिसँग भेटघाटका क्रममा खिचिएको तस्विर सार्वजनिक गरेपछि खैलाबैला मचेको हो ।

वडाअध्यक्ष गुप्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले जेठ ४ गते अपराधिक उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । उनि सोही दिनदेखि फरार छन् । फरार रहेकै अवस्थामा उनले जेठ १५ गते ओलीसँग भेटेको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

यता बाराका प्रहरी उपरिक्षक (एसपी) होबिन्द्र बोगटीले गुप्ता अपराधिक उपद्रव मुद्दामा फरार रहेको बताए । गुप्ता भागेर काठमाडौँ गएको र उनको खोजी कार्य जारी रहेको एसपी बोगटीको जानकारी दिए ।  

गुप्ताविरुद्ध जीतपुरसिमरा – ७ का राजु गिरिले उजुरी दिएका थिए । सोही आधारमा उनिसहित उनका भाई अनिल गुप्ता, मनोज गुप्ता, सुनिल साह लगायत ६ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले मनोज गुप्ता, सुनिल साह नियन्त्रणमा राखेर अनुसन्धान गरिएको छ भने वडाअध्यक्ष, उनका भाईसहित फरार रहेका अन्य चार जनाको खोजिरहेको छ ।

वैशाख १८ गते व्यक्तिगत रिसीइबी साधनको लागि वडाअध्यक्ष गुप्ताले राजु गिरीको घरमा लुटपाटको प्रयास गर्नुको साथ साथै घर अगाडी रहेको शहरी विकास मन्त्रालयले लाखौँको लगानीमा गरेको ढलान बाटो नै खनेर निजी र सार्वजनिक सम्पत्तिलाई समेत हानी नोक्सानी पुर्‍याएको पीडितको आरोप छ ।

Back to top