×

वीरगञ्ज । अंग्रेजी उद्धरण æI have no special talent. I am only passionately curious=Æ — Albert Einstein,
पाउलो कोएल्हो भन्नु हुन्छ  “पर्खनु पीडादायी छ, तर के गर्ने थाहा नहुनु सबैभन्दा नराम्रो पीडा हो ।”  त्यसै गरी, सदगुरु वाचन गर्नु हुन्छ “यो नजानेको पीडा हो जसले मानिसलाई वास्तवमा जीवनलाई थाहा पाउन प्रेरित गर्छ । अन्यथा तिनीहरू केवल ती चीजहरू जान्न खोज्छन् जसले तिनिहरुलाई मात्र बाँच्न प्रेरित गर्दछ ।”

यस संसारमा भइरहेको हरेक कुराको बारेमा किन अपडेट हुन आवश्यक छ ?

कतिपय कुराको ज्ञान हुनु राम्रो हुन्छ । चीजहरूको बारेमा पहिले नै थाहा पाउँदा हामीलाई समस्याहरूबाट बच्न मद्दत गर्दछ वा हाम्रो रचनात्मकतालाई फूल्न अनुमति दिन्छ ...

तर यदि हामी सबै कुराको बारेमा सचेत छौं भने पनि, अझै कति समयसम्म हामी हाम्रो जीवनमा समस्याग्रस्त चीजहरूबाट बच्न सक्छौं । आजको समयमा, मानिसहरू कुनै पनि प्रकारको समाचारको बारेमा अपडेट हुन चाहन्छन्  कसैको जीवनमा यसको सान्दर्भिकताको बारेमा चिन्ता नगरी ।

जसरी हामी सबै यस ब्रह्माण्डमा रहस्यमय रूपमा एक अर्कासँग जोडिएका छौं । प्रत्येक घटनाले हाम्रो जीवनलाई प्रभाव पार्छ वा हाम्रो जीवनको स्थितिमा लहरहरू सिर्जना गर्दछ, चाहे हामी चाहु या नचाहुँ
 
अज्ञानता अपराध होईन तर जानेर पनि गल्ती गर्नु महापाप हो । सबै मानिसले ज्ञान आर्जन गर्ने, आफ्नो हृदयलाई विशाल बनाउने अवसर नपाएका पनि हुन्छन् । अज्ञानताभित्र निर्दोषपन पनि निहित हुन्छ । अज्ञानतावश भएका गल्ती क्षम्य पनि हुन्छन् तर सधैं अज्ञानतामै रमाएर गल्ती गरिरहनेले सजायको भागीदार अवश्य हुनु पर्दछ । फेरी ज्ञान के र कत्तिलाई भन्ने? यसको सिमा पनि अनन्त छ त्यसैले यो सिकाईको प्रकृयामा को ज्ञानी र को अज्ञानी छुट्याउन पनि त्यती सजिलो छैन । सबभन्दा ठुलो कुरा हाम्रो ज्ञान वा अज्ञानताले कसैलाई हानी पु¥याउन भएन । फेरी अज्ञानतामा कुरुपता मात्र हुँदैन, त्यहाँ निष्कपट र सुन्दरता पनि अन्तर्निहित हुन्छ । यसै सन्दर्भमा एउटा प्रसँग यहाँ प्रस्तुत छ । 

कुनै गाउँमा एकजना अती नै गरीब र अनपढ मानिस थिए । ‘कालो अक्षर भैंसी बराबर’ भन्ने उखान उनमा लागु हुन्थ्यो । सम्पत्तिको नाममा केही नभएको ठुलो र गरीब परिवारका उनले विदेश जाने जमर्को गरे । तर आर्थिक हैसियत थिएन, न त विदेश जान आवश्यक पर्ने कागजात र अन्य प्रकृयाका बारेमा नै थाहा थियो । त्यसैले विदेश गएपछी मनग्य पैसा कमाउन पाईन्छ भनेर सुनेका उनी सातुको पोको बोकेर वैदेशिक यात्रामा निस्किए । महिनौ दिनको हिँडाईपछी उनी कुनै देशको ठुलो शहरमा पुगे । बाटो छेउमा रहेका होटलमा विभिन्न किसिमका परीकार सजाईएका थिए । होटलवालाहरुले बटुवाहरुलाई आफ्नो होटलमा मिठो र सस्तो खाना खान पाईने कुराको विज्ञापन गरिरहेका थिए । 

ग्राहकहरुलाई पाखुरामा समातेर टेबुलसम्म पु-याई दिने अनौठो चलन थियो त्याहाँ । कामको खोजिमा गएका ति मानिसलाई एउटा होटलवालाले बडो सम्मानका साथ टेबुलमा लगेर बसायो । साहै्र भोकाएका उनी त्यसरी सम्मानपुर्वक खान पाउदा ज्यादै खुशी भए । उनले मनमनै त्यस ठाउको प्रशंसा गरे । भोकमा जे पनि खिर भए झै उनलाई भयो । यती मिठो खाना यती सम्मानपुर्वक ढंगले उनले जीवनमा पहिलो पल्ट खाएका थिए । 

यो अभुतपुर्व सम्मान उनले पहिलो पटक ससुराली जाँदा पनि पाएका थिएनन् । एकजना होटेल वेट्रेस उनको सेवाका लागि खटाईएको पनि थियो । यती ठुलो आदरका लागि धन्यवाद दिन मन नलागेको होईन तर उनको भाषा होटलवालाले बुझ्दैनथे भने उसले पनि होटलवालाको भाषा बुझ्ने कुरै भएन । उसले मनमनै सोच्यो, “कती दानी रहेछन् यहाँका मान्छे ?” अनी आफ्ना देशका मानिस सम्झ्यो । भिख माग्दा पनि एकछाक खान नपाएको, ऋण माग्दा पनि कसैले नदिएको कुरा सम्झ्यो र त्यस होटलवालाप्रती कृतज्ञ भयो । खाना खाईसकेपछी वेट्रेसले बिल लिएर आइन् । उसले सोच्यो कती राम्रो ठाउमा आईएछ ? खान पनि सित्तैमा पाईने, प्रमाण–पत्र पनि पाइने । उ त्यो बिललाई गोजिमा हाली हिँडन लाग्यो । पैसा नतिरी हिँडन लागेको देखेर होटल मालिकले आफ्नै भाषामा पैसा माग्न थाल्यो तर उसले कुर बुझ्न सकेन ।  होटल मालिकले बाध्य भएर उसैको सबै गोजी खोतले । एक पैसा पनि उसँग थिएन । 

यसरी खाइसकेर पनि पैसा नतिर्ने मानिसलाई अनौठौ किसिमले सजाय दिने चलन रहेछ त्यहाँ । त्यो के भने गधामा चढाएर, अनुहारभरी मोसो पोतेर ढायाङ्रो ठटाउदै शहर परीक्रमा गराउने । त्यसपछी गधा ठीक पारीयो । उसलाई त्यसमा चडाईयो । अनुहारभरी रातो रङ पोतियो । काला वर्णको बसोबास हुने अफ्रिकामा सबै काला भएकाले कालो मोसो दल्न आवश्यक नभएकोले रातो दलिने प्रचलन रहेछ । 

जब रातो दलेर बाजागाजाकासाथ गधामा सवार गराइयो, उ बडो आनन्दसँग बस्यो । त्यो होटलवालाले आफ्नो गोजी छाम्दा पैसा नभेटेपछी सहानुभुतिपुर्वक यो साधनमा चढाएर घुमाएको होला भन्दै त्यस होटलवालाले आफुप्रती देखाएको असिम माया र सम्मानप्रती कृतज्ञता व्यक्त गरिरह्यो । रमाइलोसित गधामाथी घुमिरहेकै बेलामा एकजना चिनजानको गाउलेले उसलाई देख्यो । 

आफ्नो देशको मान्छेलाई त्यसरी बेईज्जतका साथ घुमाइरहेको देख्दा उ लज्जित भयो र उसको नजिक परेन । यसरी शहरको परिक्रमा सकेर उसलाई छाडियो ।
 
केही वर्ष त्यही ठाउमा बसेपछी बिस्तारै उसले त्यहाँको रहन सहन, भाषा, भेषभुषा बुझ्न थाल्यो । बल्ल उसलाई थाहा भयो कि उसलाई सम्मान होईन, अपमान गरिएको रहेछ । त्यसपछी भने उसलाई आत्मग्लानी हुन थालयो, आफुलाई अरुका सामु मुख देखाउन लाज लाग्न थाल्यो । बल्ल उसलाई थाहा भयो कि झन बुझ्यो झन कठीन रहेछ । उसले केही नजान्दा उसलाई कुनै प्रतिष्ठाको चिन्ता थिएन । आफ्नैपन र अज्ञानतामा नै उ खुशी थियो । तर आज उ जब जान्ने भयो उसलाई हिजोका कुराले पिरोलिरहेको छ । 

सिकाई : वास्तवमा जान्नु, सुन्नु, देख्नु, भोग्नु, पाउनु नै दुःख हो । जब मानिसले माथिका सबै कुराका बारेमा थाहा पाएको हुन्छ अनी त्यो प्राप्त गर्ने प्रवल चाहना उसमा जाग्रित हुन थाल्दछ । जब उ अरुले त्यही कुरा प्राप्त गरेको थाहा पाउँदछ उसले पनि त्यसको खोज गर्दछ । असिमित आवश्यकता र सिमित वस्तुका बिचमा तालमेल नहुँदा आवश्यकता कहिल्यै पुरा हुँदैनन्, जसका कारणले मानिसमा असन्तोष, वितृष्णा र दुःख पैदा हुन थाल्दछ । तर आफुले नजान्नु कुनै अपराध होईन । जानेर नजाने जस्तो गर्नु चाँही ठुलो अपराध हो । त्यसो भनेर शिक्षा आर्जन गर्न नै भने छाड्न हुँदैन र भएकै कुरामा सन्तोष लिन सक्नुपर्दछ । 

जाँदाजाँदै :            
जब तिमीलाई लाग्छ “मलाई थाहा छैन, तिमी भित्र जान्नको चाहना जाग्छ, इच्छा जाग्यो भने खोज जाग्छ, खोजी भयो भने जान्न सक्ने सम्भावना रहन्छ । कुनै चिजको जान्ने तिब्र इच्छाले नै हामीलाई नयाँ सिकाइको बाटो खोल्दछ !

जिज्ञासाले केही जान्नको तीव्र इच्छालाई बुझाउँछ । नदेखेलाई हेर्नु र अज्ञातलाई जान्नु मानवीय स्वभावमा निहित छ ।  जिज्ञासा ज्ञानको जननी हो । वास्तवमा, जिज्ञासाले धेरै खोज वा आविष्कारको पछाडी चालक शक्तिको रूपमा कार्य गर्दछ । यो मानव सभ्यताको हरेक प्रगतिको मूल स्रोत हो ।

जिज्ञासाले नयाँ सम्भावनाहरू खोल्छ र थप प्रगतिको लागि नयाँ चासो उत्पन्न गर्दछ । उदाहरणका लागि, हामी महान वैज्ञानिक सर आइज्याक न्यूटनको बारेमा सोच्न सक्छौं । एक दिन उनी  स्याउको रूखमुनि बसे  । एउटा स्याउ तल खस्यो । उनी सचेत भए । उनले  आफैलाई सोधे  कि स्याउ किन माथि जाँदैन । त्यसपछि उनले गुरुत्वाकर्षण बलको नियम आविष्कार गरे । 

अन्त्य गर्न चाहन्छु æOthers have seen what is and asked why. I have seen what could be and asked why not― Pablo Picasso,

Back to top