×

पाहुना टोली अष्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा भारतमाथि सानदार जित हात पारेको छ । आइतबार भएको खेलमा भारतलाई उसकै मैदानमा १० विकेटले पराजित गरेको हो । 

भारतको विसाखापटनमा घरेलु टोलीले दिएको ११८ रनको सामान्य विजयी लक्ष्य अष्ट्रेलियाले ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको हो । अष्ट्रेलियाका लागि ओपनरद्वय मिचेल मार्स र ट्राभिस हेडले अर्धशतकीय इनिङ्स खेले । जसमा मार्सले सर्वाधिक ६६ रन जोडे । साथै ट्राभिस हेडले ५१ रन बनाए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारत २६ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ३१ रन, अक्षर पटेलले २९ रन बनाउनुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । शुभमन गिल र सुर्यकुमार यादव पहिलो बलमै पवेलियन फर्किएका थिए । 

भारतलाई सस्तैमा समेट्न अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको सानदार बलिङ गरे । उनले ८ ओभरमा एक मेडनसहित ५३ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । साथै सेन एबटले ३ विकेट तथा नाथन एलिसले २ विकेट लिए ।  

अष्ट्रेलियाको यो जितसँगै तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो खेल भारतले ५ विकेटले जितेको थियो । 

Back to top