×

हालै गरिएको एक अध्ययनमा अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा १५ मिनेटमा नियन्त्रणमा आउने पत्ता लागेको छ । रगतमा चिनीको मात्रा कम गर्न अनारको जुस फाइदाजनक पाइएको उक्त अध्ययनमा उल्लेख छ ।अनारमा एक प्रकारको एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा ग्रिन टि वा रेड वाइनमा भन्दा तीन गुणा बढी एन्टिअक्सिडेन्टको मात्रा पाइन्छ ।

जसले मधुमेह जस्ता रोगीहरुको शरीरमा फ्रि रेडिकलबाट हुने क्षतिबाट बचाउँछ । अनारको बिउले इन्सुलिन सेन्सिटिभिटीलाई सही बनाउँछ । हाम्रो शरीरमा एक दिनमा रक्तचापको लेभलमा धेरै पटक उतारचढाव आउने गर्छ । यसलाई नियन्त्रणमा राख्न आवश्यक छ । विशेषगरी, मधुमेहका रोगीले यसमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह र रगतमा चिनीको मात्रा धेरै हुँदा अत्यधिक पानी प्यास लाग्ने गर्छ ।

यसका साथै, आँखामा धमिलोपन आउने, बान्ता हुने जस्ता लक्षणहरु देखापर्छन् । मन बेचैन हुने, मुख सुख्ने र अत्यधिक थकाइ लाग्ने आदि समस्या हुन्छन् ।चिकित्सकहरुले रगतमा चिनीको मात्रा घटाउनुभन्दा अगाडि जाँच गर्न आवश्यक भएको बताएका छन् । मधुमेहका रोगीहरुले रगतमा चिनीको मात्रा नाप्नका लागि मिटर वा टेस्ट स्ट्रिपको प्रयोग गर्ने गर्छन् ।

मधुमेह पीडितको रगतमा चिनीको मात्रा खाना खानुअघि ४.० देखि ५.९ mmol/L हुन आवश्यक छ । मधुमेहको टाइप १, २ र मधुमेहबाट पीडित बालबालिकाको सुगर लेभल ४ देखि ७ mmol/L हुन आवश्यक छ । डायबेटिज युकेकी सिनियर क्लिनिकल एड्भाइजर एस्थर वोल्डनले टाइप २ डायबेटिजबाट पीडित व्यक्तिहरुको रगतमा चिनीको मात्रा नियन्त्रण गरेमा हृदयघात, स्ट्रोक, मिर्गौला फेल हुने, आँखासँग जोडिएका समस्याहरुको जोखिम कम गर्न सकिन्छ । विशेषज्ञले विभिन्न प्रकारका जुसहरुले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्ने बताएका छन् ।

यो पनि,कहिले काहीँ ओठ तथा जिब्रोमा यस्ता घाउहरू किन आउँछ र त्यसको समाधान के हो ? जानीराखौं: मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ।

यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला ।

मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ। किन आउँछ मुखमा घाउ-खटिरा ?

खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि), पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ। त्यस्तै, खाद्य विषाक्तता, सुर्ती-पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

कसरी समाधान गर्ने ? मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने। पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने। हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने । बढी चिल्लो पदार्थ नखाने। हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने,बिहानै बदाम भिजाएर खाने,मह घाउमा लपक्क लगाउने । पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने । निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने । जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने।

बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ। तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ। कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ। खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारण अनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

Back to top