×

वीरगञ्ज, २४ माघ । प्रेम दिवसलाई अहिलेका युवा पुस्ताले विशेष रूपमा मनाउन थालेका छन् । ७ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म प्रणय सप्ताह मनाइन्छ ।
मंगलबारदेखि प्रणय सप्ताह सुरू भएको छ । प्रेम जोडीहरू प्रणय सप्ताहको प्रतिक्षामा हुन्छन् ।

प्रेम दिवसको सुरूवात ‘रोज डे’ बाट सुरू हुन्छ । यस दिन जोडीहरूले एकअर्कालाई गुलाफको फूल दिएर माया देखाउने गर्दछन् । हरेक वर्ष ७ फेब्रुअरीका दिन ‘रोज डे’ मनाइन्छ ।

‘रोज डे’ सुरू हुनअघि नै बजारमा रातो, पहेँलो, सेतो र गुलाबी रङका गुलाफका फूलहरू प्रशस्त मात्रामा देखिन्छन् । आजको दिन प्रेम प्रस्ताव राख्नेहरूका लागि निकै राम्रो मानिन्छ ।
 

किन मनाइन्छ ‘रोज डे’ ?

‘रोज डे’ को दिन आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने गर्दछन् । आजको दिन मन पराएको व्यक्तिलाई गुलाफको फूल दिएर उप्रति आफ्नो मनमा रहेको भावनालाई व्यक्त गर्ने गर्दछन् ।

कसलाई कुन फूल दिनेः
विभिन्न रङका गुलाफहरूले फरक–फरक अर्थ राख्ने गर्दछन् । गुलाफको फूलको अलग–अलग रङको अलग–अलग महत्व रहेको छ । ‘रोज डे’ का दिन कसैलाई फूल दिनुअगाडि त्यसको महत्व जान्न जरुरी छ ।

रातो गुलाफ : रातो गुलाफ प्रेम, जोस र भावनासँग सम्बन्धित छ । रातो गुलाफको फूल मन पराएको व्यक्तिलाई दिँदा तपाईंले उसलाई कति माया गर्नुहुन्छ भन्ने महसुस गराउँछ ।

पहेँलो गुलाफ : पहेँलो गुलाफ मित्रताको प्रतिकको रूपमा हेर्ने गरिन्छ । आफ्नो साथीलाई भावना व्यक्त गर्दा पहेँलो गुलाफको दिनुपर्छ । यसलाई खुसी र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ ।

गुलाबी रङको गुलाफ :  गुलाबी रङको गुलाफको फूल कसैलाई धन्यवाद दिँदा दिइने गरिन्छ । प्रेम दिवस जोडीमा मात्रा नभएर आफ्नो आमा बुबासँग पनि मनाउन सकिन्छ ।

सुन्तला रङको गुलाफः यो रङको गुलाफ जोसको प्रतिक हो । यसले उत्साह र इच्छालाई दर्साउँछ । जोडीहरूले आफ्नो प्रेममा जोश र उत्साह ल्याउनका लागि यो रङको गुलाफको फूल दिन सक्छन् ।
 

Back to top