×

वीरगञ्ज, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको तर्फबाट मन्त्रिपरिषद्मा रहेका दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

Back to top