×

वीरगञ्ज, २१ माघ । गायक सद्धाम हुसैनको नयाँ गीत ‘कसम से’ सार्वजनिक भएको छ । हुसैनकै शब्द, संगीत र स्वरमा रहेको ‘कसम से’ गीतको भिडियो उनकै ‘द सद्धाम हुसैन’ युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । 

वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा आयोजिक एक कार्यक्रमका बिच मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य र भोजपुरी समाज नेपालका अध्यक्ष ध्रुबसिंह ठकुरीले सयुँक्त रुपमा भिडियो रिलिज गरेका हुन् । 

एक घण्टामै कोरिएका शब्दलाई संगीत र मिक्सिंगको काम सकिएपछि २ हप्तासम्म मुस्ताङ्मा पुगेर छायांकन गरिएको हुसैनले बताए । यो गीतको भिडियोमा मनिष र निक्कीले फिचरींग गरेका छन् । सुबल डंगोलले छायांकन गरेको भिडियो सुबलसँगै अंकित महेश्वरीले निर्देशन गरेका छन् । 

भिडियो सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्यले ४ मिनेट ३८ सेकेण्डको भिडियो हेर्दा पूरा चलचित्र हेरेको आभाष भएको बताए । वीरगञ्जकै युवाको समुहले मेहनत गरेर भिडियो बनाएपनि नजिकको तिर्थ हेँला भनेजस्तै अवस्था यहाँका स्थानीय कलाकारले भोग्नु परीरहेको प्रति उनले आपत्ती जनाए । कलालाई व्यवसायीकरण भएपछि मात्रै कलाकार टिक्न सक्ने हुँदा त्यसतर्फ लाग्नुपर्नेमा शाक्यले जोड दिए । 

वीरगञ्जमा कला र संस्कृतिको अपार सम्भावना भएपनि अपेक्षित विकास हुन नसकिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे । केही गर्न खोज्नेको हातभन्दा पनि खुट्टा तान्ने र हात नचलाउने मुखमात्रै चलाउने प्रवृतिले वीरगञ्ज पछाडी परेको शाक्यको बुझाई छ । 

भिडियो रिलिज कार्यक्रममा महिला नेतृ रम्भा मिश्रा, डा. अशोक दास, डा. निभा दास, महिला उद्यमी गुड्डु जोशी, बिपिसी कलेजका प्रमुख बासुदेव तुलाधर, युवा अभियानता कमल चौगाई, दिलिपराज कार्की, गीतकार तथा संगीतकार अजमत अली, गायक प्रमोद जखमी, मोडल युवराज केशरी, मार्टिन मोक्तान लगायतको उपस्थिती रहेको थियो । 

सद्धाम हुसैनका यसअघि दर्जन बढी हिन्दी र भोजपुरी गीत बजारमा छन् । जसमध्ये ‘लभके बिमारी’ बोलको भोजपुरी गीतले चर्चा बटुलेको थियो । केही समयभित्रै नेपाली गीत पनि ल्याउने गृहकार्य भइरहेको हुसैनले जानकारी दिए । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top