×

वीरगञ्ज, ८ माघ ।  मधेश प्रदेशका २ जना स्वतन्त्र प्रदेश सभा सदस्य जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

पर्साको क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य प्रमोद कुमार जैसवाल र महोत्तरीको क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सुरिता साह जसपामा प्रवेश गरेका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव, संसदीय दलका नेता रामसहाय प्रसाद यादव, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव लगायतले २ जना स्वतन्त्र प्रदेश सभा सदस्यलाई जसपामा स्वागत गरेका हुन् । 

खादा र टिका लगाउँदै पार्टीमा प्रवेश गराइएको सांसद प्रदीप यादवले जानकारी दिए । २ जना स्वतन्त्र प्रदेश सभा सदस्यको प्रवेशसँगै मधेश प्रदेशमा जसपा अझै बलियो पार्टी बन्न सफल भएको पनि यादवको भनाई छ । 

नयाँ सांसद थपिएसँगै मधेश प्रदेशसभामा जसपाको सांसद संख्या १८ पुगेको छ। 

 

Back to top