×

हाम्रो देशमा भएका हरेक प्रमुख राजनीतिक परिवर्तनको आधारभूमि हो मधेश। राणाकालदेखि पञ्चायत हुँदै विद्यमान राजनीतिक व्यवस्थासम्म आइपुग्न भएका आन्दोलनहरूमा मधेशले अग्रणी भूमिका खेलेको छ। संघीयता र समावेशीता जस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीमा मधेशको योगदान अविस्मरणीय छ। जातिरसमुदायको सम्मान र पहिचान सम्बर्द्धन गर्दै राजनीतिक(सामाजिक जीवनलाई सकारात्मक बदलावतर्फ अघि बढाउन पनि मधेशको सङ्घर्ष स्मरणीय छ। 

संघीयता, समावेशीता, सम्मान, पहिचान जस्ता मुद्दाहरूले संरचनागत मान्यता पाए पनि सारमा ९व्यवहारमारकानुनमा० अझैं थुप्रै सुधारको खाँचो छ। महत्वपूर्ण राजनीतिक उपलब्धीहरूको कार्यान्वयन र सुदृढीकरणमा हाम्रो नेतृत्व नमज्जाले चुकेको छ। त्यसैले त अहिले प्रतिगमनका भूतहरूको सल्बलाहट बढ्दो छ।

अहिले राजनीतिक(सामाजिक उपलब्धीहरूलाई संस्थागत गर्न लागिपर्नुपर्ने बेला हो। आन्दोलनरसङ्घर्षको मर्मप्रति इमान्दारी दर्साउनुपर्ने आवश्यकता हो। व्यवस्था बदल्ने योद्धाहरूको सदीच्छा पूरा गर्नुपर्ने समय हो। तर बीडम्बना, राजनीतिक नेतृत्व अझैं पनि उदाशीन छ। कुनैबेला मधेश र मधेशीका मुद्दाको अगुवाइ गरेर नायकको उपाधी पाएकाहरू खलनायक साबित हुनपुगेका छन्।

माघ महिना देशकै लागि महत्वपूर्ण महिना हो। यो महिनालाई हामी ‘क्रान्ति महिना’ पनि भन्न सक्छौं। शहिद दिवस, शहिद सप्ताह यसै महिनामा मनाइन्छ। मधेशका लागि माघ अझै बढी विशेष छ। शहिद दुर्गानन्द झाको स्मृति दिवस पनि यसै महिना पर्छ। मधेश विद्रोहको रापताप सुरु भएको यो महिनाको ५ गते मधेश विद्रोहका शहिदहरूको सम्मानमा मधेशमा बलिदानी दिवस मनाइन्छ। मधेश प्रदेश सरकारले पनि बलिदानी दिवसलाई सरकारी मान्यता दिँदै सम्मान गरेको छ। तर मधेश विद्रोहले देशव्यापी मान्यता पाउन भने सकेको छैन।

मधेश विद्रोह भलै निश्चित भूगोलमा भएको थियो। तर यसको उपलब्धी सिंगो देशले प्राप्त गर्‍यो। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका आधारभूत स्तम्भहरू संघीयता, समावेशीता, जातियरसमुदायको पहिचान, सम्मान जस्ता उपलब्धीहरूमा हामी सबै हिस्सेदार बन्यौं। 

मधेश विद्रोहको मान्यतालाई मधेशमा मात्र सीमित राख्नु भनेको यसको अवमूल्यन हुनु हो। संघीय सरकारले र अन्य प्रदेशवासीले पनि फराकिलो मन गरेर मधेश विद्रोहलाई आत्मसात गर्न सके यो देशकै पक्षमा हुनेछ। यसले गर्दा देशभित्र अपनत्वको भावना पनि बढाउँछ। मधेशको अस्तित्वप्रति आदर दर्साउँछ। तर दुस्खको कुरा, आजैमात्र संघीय संसदमा बलिदानी दिवसमा मौनधारण गरिँदा प्रधानमन्त्री लगायतका नेताहरूले आसनबाट उठ्न जरूरी ठानेनन्। यो दृष्यले राज्यसत्ता अझैं पनि मधेश विद्रोहलाई मान्यता दिन चाहँदैन भन्ने प्रस्ट हुन्छ।

मधेश प्रदेश सरकारले आजका दिन मधेश विद्रोहका शहिदहरूको सम्मानमा सार्वजनिक विदा दिँदै आएको छ। र, औपचारिक कार्यक्रमहरू गरेर यो दिवस प्रदेश सरकार स्तरबाट मनाइन्छ पनि। अनि मधेश आन्दोलनरविद्रोहमार्फत उत्पीडित जातिरसमुदायले प्राप्त गरेका उपलब्धीलाई आफ्नो विर्ता ठान्ने मधेश केन्द्रित भनिएका दलका नेताहरू आजका दिन कर्मकाण्डी भएका हुन्छन्। उनीहरू शहिदहरूको शालिकमा माल्यार्पण गर्ने, मौनधारण गर्ने र शहिद परिवारप्रति आदर(सम्मानको दिखावा गर्न तछाडमछाड गरिरहेका पनि भेटिन्छन्।

अरूबेला शहिदहरूको सपना साकार पार्नेतर्फ सोच्नसम्म नसोच्ने उनीहरू आज भने आश्वासनका फेहरिस्त बाँड्छन्। शहिद परिवार र घाइते योद्धाहरूलाई राज्यबाट उपलब्ध गराइनु आवश्यक सेवासुविधाबारे किरिया खान्छन्। आफूले निर्वाह गर्न नसकेको भूमिकाको दोष अरूमाथि थोपर्छन्। आफ्नै अक्षमतालाई अरूहरूको जालझेल भन्दै उम्कन खोज्छन्। र फेरि,  सोझासाझा जनतालाई भूलभूलैयामा पार्दै  आन्दोलनको हावादारी उद्घोष गर्छन्। तर जनतामाझ गरेका तमाम वाचाहरू पूरा गर्न नसकेकोमा उनीहरूका चेहरामा रत्तिभर ग्लानिभाव देखिँदैन।

आफ्नो पहिचान र अधिकारका लागि वर्षौंदेखि जारी मधेशको संघर्ष १६ वर्षअघि जब विद्रोहमा बदलियो। विद्रोहप्रति नै धेरै शंकाउपशंकाहरू भए। कथित राष्ट्रवादीहरूबाट राजनीतिक लडाइँलाई पृथकतावादी आन्दोलनका रुपमा अर्थ्याउने र त्यतै धकेल्ने प्रपञ्चसम्म भयो। मधेशलाई देशकै भूभाग देख्ने तर मधेशीलाई विदेशी देख्ने दृष्टिदोष हाबी भयो। तथापि, मधेशले सहनशीलता देखाउँदै आफ्नो संघर्षलाई जारी राख्यो। जसको बलमा आज आंशिक रुपमै भए पनि उत्पीडित जातिरसमुदायरक्षेत्रको पहिचान र सम्मानको सवाल सम्बोधन भएको छ।

मधेश विद्रोहको म आफैं पनि एउटा हिस्सा हुँ। २०६३ सालमा पहिलो मधेश विद्रोह हुँदैगर्दा म अन्तर्राष्ट्रिय टेलिभिजन संस्था अलजजिरामा रिपोर्टिङ गर्थें। जुनबेला सम्भवतस् पहिलोपटक अन्तर्राष्ट्रिय टेलिभिजनमा समाचारमा ‘मधेश’ शब्द उच्चारण भयो। र, क्रमशस् स्थापित पनि भयो। रिपोर्टीङकै शीलशीलामा भए पनि मैले मधेशको वास्तविक अवस्था नियाल्ने मौका पाएको थिएँ। मधेशको दमित आवाजलाई देश(विदेशसम्म मुखरित गर्ने जिम्मेवारी उठाएको थिएँ। त्यसबेला मैले आन्दोलनकारीका आँखामा विद्रोहभावसँगै चम्कीलो आश पनि उत्तिकै देख्थें। लाग्थ्यो चाँडै नै अब समानताको उज्यालो जगमगाउनेछ। 

सञ्चार कर्मलाई बिट मारेर म अहिले राजनीतिमा छु। एउटा राजनीतिकर्मी भएर जनताका आँखा पढ्ने प्रयत्न गरिरहँदा निराशाबाहेक केही भेटिँदैन। त्यसबेला ज्यानको परवाह नगरी आन्दोलनमा सामेल भएका अनुहारहरू सम्झँदा करूणा जागेर आउँछ। अनि ती तमाम अनुहारहरूकै बदौलत राजनीतिक उडान भर्नेहरूका कर्तूत देख्दा भने चरम दिक्दारी लागेर आउँछ।

मधेश विद्रोहको डेढ दशकसम्म लक्ष्य त भेटिएको छैन नै। विद्रोहको बीडा उठाएकाहरू नमज्जैसँग भट्किएका चाहिँ पक्कै छन्। विद्रोहले निर्दिष्ट गरेको पथमा नेतृत्व नगइदिँदा यत्रतत्र अवरोधहरू उब्जिएका छन्। कुनैबेला चम्किलो आशा सजायका आँखाहरू आक्रोश भरिएर लाल भएका छन्।  

मधेश र मधेशीको मुद्दालाई आफ्नो बपौती ठान्ने तर कर्ममा विल्कुलै उदाशिन मधेशकेन्द्रित राजनीतिक दल र तिनका नेताहरूबाट अब कुनै उपलब्धी हासिल हुँदैन भन्ने त जगजाहेर नै भइसकेको छ। मधेशको अधिकारलाई नेपाली कांग्रेसले सुरुआतदेखि नै प्राथमिकतामा राखेको इतिहास साक्षी छ। २०३७ सालमा नै वीपी कोइरालाले मधेशको भाषा, नागरिकता र राजनीतिमा मधेशीको प्रतिनिधित्वको सवाललाई प्राथमिकताका साथ उठाउनुभएको थियो। बेलैमा मधेशको सवाल सम्बोधन गर्न नसक्दा कांग्रेसबाट अन्य दलहरूले मधेश मुद्दाको स्वामित्व हड्पिएको यथार्थ हो। अब फेरि कांग्रेसले मधेशप्रतिको स्वामित्व फर्काउनुपर्ने बेला आएको छ। स्थापनाकालदेखि नै आफ्नो शक्तिको मुख्य केन्द्र मधेशमा कांग्रेसले यस्तो नैतिक अधिकार राख्दछ पनि।

स्व। प्रदीप गिरीका अनुसार हिजो विभाजित अवस्थामा रहेको कांग्रेसले  मधेशका हकमा संघीयता र आरक्षणबारे समेत स्पष्ट निर्णय गरेको थियो। संविधान सभा चुनावताका स्व। गिरीले कान्तिपुर दैनिकमा लेख्नुभएको स्तम्भमा पनि यसको चर्चा गरिएको छ। वहाँको स्तम्भमा उल्लेख छ( ‘‘नेपाली कांग्रेसले नै विधिवत रूपमा संघीय राज्य र मधेशी आरक्षणको कुरो सबैभन्दा पहिले उठायो भन्ने कुराको घोषणा गर्ने हाम्रो नैतिक अधिकार छ। कांग्रेसले यो कुरा एक कदम अगाड़ि बढेर घरका छत, छाना र धरहरा समेतमा चढेर सिंगो देशलाई सुनाउन चुक्नु हुँदैन।” 

नेपाली कांग्रेसप्रति मधेशको माया र विश्वास तोडिइसकेको पक्कै छैन, केही कमजोर भएको मात्र हो। कांग्रेसका तर्फबाट सम्बन्ध सुधारको तत्परता भए माया र विश्वास फेरि बलियो हुने निश्चित छ।

बलिदानी दिवसको अवसरमा मधेश विद्रोह लगायत अन्य सबै आन्दोलनका शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन। घाइते योद्धाहरूप्रति नमन्। जय नेपाल ! 

(झा नेपाली कांग्रेस तराई मधेश समन्यव विभागको पुर्व सदस्य र युवा नेता हुन्)

Back to top