×

संयुक्त राज्य अमेरिकाको जिडिपी लगभग ४२५ ट्रिलियन डलर प्रतिवर्ष अनुमान गरिएको छ । यो भारतभन्दा सात गुणा, रूसभन्दा सात गुणा र चीनभन्दा पाँच गुणा ठूलो हो । अमेरिकाको अर्थतन्त्र स्वतन्त्र बजार, पूँजीवाद, नवप्रवर्तन र प्राविधिक विकासको जगमा आधारित छ । संयुक्त राज्य अमेरिकाको प्राकृतिक स्रोत र जमीनमा ठूलो पकड छ ।

संयुक्त राज्य अमेरिका कसरी विश्व आर्थिक शक्ति बन्यो ?

१. दरिलो र लचिलो राजनीतिक प्रणाली

दरिलो राजनीतिक प्रणाली जुलाई ४, १७७६ मा शुरू भयो, जब देशले ब्रिटिश उपनिवेशवादबाट स्वतन्त्रता प्राप्त ग-यो र एक स्वतन्त्र र सार्वभौम राष्ट्र भयो । देशको बलियो अर्थतन्त्र उसको बलियो राजनीतिक संरचनामा निर्भर हुन्छ । संयुक्त राज्य अमेरिकाका संस्थापक हरू जर्ज वाशिङ्टन, अलेक्ज्यान्डर ह्यामिल्टन, बेन्जामिन फ्रयाङ्कलिन, जोन एडम्स, श्यामुएल एडम्स, थोमस जेफरसन, जेम्स म्याडिसन र जोन जेले बलियो राजनीतिक संरचनाहरू निर्माण गरे, जुन देशको आर्थिक सफलताको लागि महŒवपूर्ण थियो । देशमा राजनीतिक स्थायित्व सुनिश्चित गर्न संयुक्त राज्य अमेरिकाले राष्ट्रपति शासन प्रणाली अन्तर्गत एक बलियो, लचिलो र लोकतान्त्रिक राज्य सिर्जना ग-यो । सरकारको यो प्रणालीको मुख्य लक्ष्य उनीहरूले युरोपमा देखेका असङ्ख्य गृहयुद्ध, सैन्य विद्रोह र तानाशाहीलाई हटाउनु थियो ।

संसदीय शासन प्रणालीको तुलनामा अमेरिकाले राष्ट्रपतीय प्रणाली अपनाएकोले छिटो निर्णय गर्न मदत ग¥यो । उदाहरणको लागि संयुक्त राज्य अमेरिकाका आठजना राष्ट्रपतिको कार्यकालमैं मृत्यु भयो तर राजनीतिक शून्यता हुन पाएन किनकि उपराष्ट्रपतिले पदभार ग्रहण गरे र राजनीतिक उथलपुथल टाले । बेलायतमा जस्तै संसदीय व्यवस्था भएको भए, त्यहाँको अवस्था पूर्णतया अराजक हुने थियो भनेर अनुमान गर्न सकिन्छ ।

युरोपले स्वतन्त्रता, समानता र भाइचारालाई जन्म दियो तर संसदीय प्रणालीका कारण यी कुरालाई व्यवहारमा उतार्न धेरै वर्ष लाग्यो । सामाजिक गतिशीलतामा बाधा पुर्‍याउने कठोर श्रेणीबद्ध सामन्तवादी (सामन्ती) समाजको अस्तित्वका कारण औद्योगिक क्रान्तिको फल गरीबसम्म पुग्न सकेन ।

युरोपको पदानुक्रमित समाजको विपरीत अमेरिकी समाज शिक्षित, मध्यम वर्ग, ठूलो मात्रामा व्यापारी र विभिन्न पृष्ठभूमिका बसोबास गर्नेहरू मिलेर बनेको थियो । संयुक्त राज्य अमेरिकाका प्रत्येक नागरिकसँग अब नयाँ अवसरहरू थिए । संविधानमा गरेको पहिलो संशोधनले (सन् १९७१ मा) प्याटेन्ट कानूनहरू अपनाउने क्षमता प्रदान गर्‍यो । देशको आविष्कारशीलतालाई यी प्याटेन्ट कानूनहरूले पूर्णरूपमा संरक्षण गर्ने काम गर्‍यो, जसले गर्दा नयाँ विचार र योजनाहरूमा व्यक्तिको आफ्नो अधिकार हुने भयो । यसले अमेरिकी समाजलाई अनुसन्धान र अविष्कारमा प्रेरित गर्‍यो ।

२. पश्चिम क्षेत्रमा देशको विस्तार

संयुक्त राज्य अमेरिकाको भौगोलिक विस्तारले बहुमूल्य खनिजहरूमा पहुँच प्रदान गर्‍यो र रणनीतिक फाइदाहरू प्रदान गर्‍यो । अमेरिकी क्रान्तिको समयमा संयुक्त राज्यमा केवल १३ वटा उपनिवेश थिए, ती सबै उत्तरी अमेरिकाको पूर्वी तटमा अवस्थित थिए । सन् १८०३ मा थोमस जेफरसनले फ्रान्सबाट एक करोड ५० लाख डलरको सम्झौतामा लुइसियाना खरीद गरेपछि अमेरिकी क्षेत्र पश्चिमतर्फ विस्तार भयो । यस खरीदको परिणामस्वरूप संयुक्त राज्यको क्षेत्र दोब्बर भयो । यसले मेक्सिकोको खाडी र क्यानडाको सीमासम्म सबै बाटो विस्तार गर्‍यो । ‘म्यानिफेस्ट डेस्टिनी’को अवधारणाले संयुक्त राज्य अमेरिकाको भूभाग पश्चिमतर्पm सर्दै गर्दा विश्वव्यापी प्रभाव बढाउने बाटो खुला गर्‍यो । सन् १८४५ मा टेक्सासको संयुक्त राज्य अमेरिकासँगको विलयले मेक्सिको–अमेरिकी युद्ध (सन् १८४६)को सुरुआत गर्‍यो, जुन संयुक्त राज्यले सन् १८४८ मा जित्यो । मेक्सिकोले ‘गुआडालुप हिडाल्गोको सन्धि’ अन्तर्गत आफ्नो लगभग आधा जमीन संयुक्त राज्यलाई त्याग्यो, जसमा टेक्सास पनि समावेश थियो । क्यालिफोर्निया, न्यू मेक्सिको, एरिजोना, नेभाडा, टेक्सास, यूटा, कोलोराडो र वायोमिङ सन् १८४६ मा । संयुक्त राज्य अमेरिकाले ब्रिटिश साम्राज्यबाट ओरेगनलाई पनि कब्जा गर्‍यो । सन् १८६७ मा संयुक्त राज्य अमेरिकाले रूसी साम्राज्यबाट अलास्का खरीद गर्‍यो ।

स्पेनी–अमेरिकी युद्ध (सन् १८९८)मा विजयपछि संयुक्त राज्यले प्रशान्त र मध्य अमेरिकामा आफ्नो शक्ति विस्तार गर्‍यो । गुआम, पोर्टोरिको र फिलिपिन्सका साथै पछि हवाईमा पनि नियन्त्रण प्राप्त गर्‍यो । संयुक्त राज्य अमेरिकाले पानामा नहरको निर्माण अधिकार फ्रान्सेली कम्पनीबाट सन् १९०२ मा किनेको थियो । त्यस बेला पानामामा कोलम्बियाको कब्जामा थियो । संयुक्त राज्यका राष्ट्रपति थियोडोर रूजवेल्टले १९०३ मा पानामा (एक भूरणनीतिक स्थान) मा हस्तक्षेप गरे र यसलाई स्वतन्त्र गणतन्त्र घोषणा गरे । नतीजाको रूपमा पानामा नहर पूर्णतया अमेरिकी अधिकार अन्तर्गत आयो ।

३. क्यालिफोर्नियामा गोल्ड रश (क्यालिफोर्नियामा पत्ता लागेको सुनखानी)

जेम्स मार्शलले जनवरी २४, १८४८ मा क्यालिफोर्नियामा पर्याप्त सुनखानीहरू पत्ता लगाए, जसले संयुक्त राज्यलाई आर्थिक गतिविधिमा अगाडि बढायो । पेरू, चिली र चीनका मानिसहरू पनि सन् १८४९ को क्यालिफोर्निया गोल्ड रशको समयमा काम र बाँच्नको लागि क्यालिफोर्नियाको यात्रा गर्न थाले ।

यसले संयुक्त राज्यलाई महत्वपूर्ण आर्थिक लाभ दियो । विश्व सुन काउन्सिलका अनुसार नेभाडामा रहेको कार्लिन अनकन्फर्मिटी वा कार्लिन ट्रेन्ड विश्वको सबैभन्दा ठूलो सुनखानीमध्ये एक हो र अलास्कामा पनि विशाल सुनखानीहरू पहिचान गरिएको छ । सुन उत्पादनको हिसाबले संयुक्त राज्य अमेरिका विश्वमा चौथो स्थानमा छ (चीन, अस्ट्रेलिया र रूसपछि) । अमेरिकासँग आठ हजार ५०० टन सुनको साथै विश्वको सबैभन्दा ठूलो विदेशी मुद्रा भण्डार छ ।

४. कालो सुनको खोज

संयुक्त राज्य अमेरिकामा उन्नाइसौं शताब्दीमा व्यापक औद्योगिकीकरण शुरू भयो र इन्धनको माग बढ्यो । एडविन ड्रेकले सन् १८५९ मा पेन्सिलभेनियामा तेलका कुवाहरूबाट तेल निकाल्ने नयाँ प्रविधि, तेल निकाल्ने पाङ्ग्रा पत्ता लगाए । यसले संयुक्त राज्यलाई विश्वको मूख्य तेल उत्पादक देशहरूमध्ये एक बन्न मदत गर्‍यो । टेक्सासको विलयसँगै संयुक्त राज्यले थप तेल र ग्याँस भण्डारहरू प्राप्त गर्‍यो, इन्धनको यो पाटोलाई नै कालो सुनको नाम दिइयो । टेक्सास, क्यालिफोर्निया, न्यू मेक्सिको र अलास्कामा ठूला तेल भण्डारहरू अवस्थित थिए । सन् २०१५ देखि २०१९ सम्म अलास्का संयुक्त राज्य अमेरिकाको पाँचौं ठूलो तेल उत्पादक बन्यो । बीसौं शताब्दीमा यातायात र प्रविधिको विकासले संयुक्त राज्यलाई पनि फाइदा पुर्‍यायो । सन् १९०८ मा एक ब्रिटिश कम्पनीले इरानमा तेलका कुवाहरू पत्ता लगायो, जसले विश्वको राजनीतिक अर्थतन्त्रलाई परिवर्तन गर्‍यो र मध्यपूर्वमा अन्य तेल खानीहरू खोज्ने मार्ग प्रशस्त गर्‍यो । एक बेलायती निगमले इरानबाट बढी तेलको फाइदा उठाउने गर्दथ्यो । पछि साउदी अरेबियाले देशमा ठूलो तेलको स्रोत फेला पार्‍यो ।

दोस्रो विश्वयुद्धको दौरान अमेरिका र साउदी अरेबिया एक सहमतिमा पुगे, जस अन्तर्गत साउदी अरेबियाले अमेरिकालाई साउदी शासनको सुरक्षाको प्रत्याभूतिको बदलामा तेल आपूर्तिमा अमेरिकी पहुँच प्रदान गर्‍यो । मध्यपूर्वको भूराजनीतिमा तेल मुद्दा त्यस बेला सबैभन्दा ठूलो रणनीतिको रूपमा देखा पार्‍यो । तेल राजनीति नै सन् २००३ को इराक सङ्घर्षको एक कारक थियो । अमेरिकाको वृद्धि भइरहेको अर्थतन्त्रमा अर्को परिवर्तनकारी घटना इराकमा अमेरिकी अतिक्रमण थियो, जसको परिणाम इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको मृत्यु भयो । यस आर्थिक वृद्धिको परिणामस्वरूप संयुक्त राज्यको सैन्य उद्योगलाई व्यापकरूपमा बढाइएको थियो । संयुक्त राज्य अमेरिकामा तेल खानस्हरूको खोजले व्यापार, प्रविधि, उत्पादन र आधुनिक उद्योगको सम्भावना बढायो ।

५. दोस्रो विश्वयुद्ध र हतियार बिक्री

संयुक्त राज्य अमेरिका पहिलो विश्वयुद्धबाट टाढा रह्यो किनकि ऊ आफ्नो बहुमूल्य स्रोतहरू बर्बाद हुनबाट जोगाउन चाहन्थ्यो । पहिलो विश्वयुद्ध सन् १९१४ मा शुरू भयो, यद्यपि सन् १९१७ मा मात्रा संयुक्त राज्य अमेरिका त्यस द्वन्द्वमा प्रवेश गरेको थियो । दोस्रो विश्वयुद्ध सन् १९३९ मा शुरू भयो, यद्यपि सन् १९४१ को डिसेम्बरमा मात्र संयुक्त राज्य अमेरिका संलग्न भएको थियो । त्यस बेलासम्म संयुक्त राज्य अमेरिकाले आफ्नो दरिलो अर्थतन्त्रको स्थापना गरिसकेको थियो । यसैबेला अमेरिकाको रक्षा उद्योगले ठूलो फड्को मारिसकेको थियो ।

दुवै विश्वयुद्धले ठूलो मात्रामा हतियार र गोलाबारुदको आवश्यकतालाई साबित गर्‍यो । र संयुक्त राज्य अमेरिका सबैभन्दा ठूलो सैन्य व्यवसायको रूपमा तिनीहरूलाई हतियार बेच्न थाल्यो । दोस्रो विश्वयुद्धको समयमा संयुक्त राज्य अमेरिका सहयोगी शक्तिहरू (बेलायत, फ्रान्स, इटाली र जर्मनी)को लागि एक महत्वपूर्ण हतियार आपूर्तिकर्ता थियो, जसले अर्थव्यवस्था र सैन्य उद्योगलाई बढावा दियो । प्रथम विश्वयुद्धको समयमा संयुक्त राज्य अमेरिकाले मित्रराष्ट्रहरूलाई ४७ बिलियन डलर ऋण दिएको थियो । द्वितीय विश्वयुद्धको दौरान संयुक्त राज्य अमेरिका सन् १९३९ को तटस्थता ऐनको प्रावधान अन्तर्गत एक तटस्थ देश थियो, तर राष्ट्रपति फ्रयाङ्कलिन डी रूजवेल्टले कङ्ग्रेसलाई सहयोगी देशहरूलाई सैन्य आपूर्ति उपलब्ध गराउन राजी गरे । राष्ट्रपति रूजवेल्टले ‘युद्ध उत्पादन बोर्ड’ स्थापना गरे र रक्षा खर्चलाई जिडिपीको १५ बाट ४० प्रतिशतमा बढाए ।

दोस्रो विश्वयुद्धमा ध्वस्त भएको युरोपको विपरीत अमेरिकाको अर्थतन्त्रले यसबाट विभिन्न किसिमले फाइदा उठायो ? संयुक्त राज्यले ब्रिटिश साम्राज्यको विश्वव्यापी प्रभुत्व ध्वस्त पार्‍यो । दोस्रो विश्वयुद्धपछि अमेरिकाले आणविक हतियार बनायो र विश्वको महाशक्ति बन्यो ।

बाँकी युरोपभन्दा पछि विश्वयुद्धमा संयुक्त राज्य अमेरिकाको प्रवेशको एकमात्र उद्देश्य यसलाई आफ्नो हतियार बेच्नु थियो । रूजवेल्टको दूरदर्शिताले संयुक्त राज्य अमेरिकालाई आफ्नो अर्थतन्त्र बलियो बनाउन र महाशक्ति बन्न मदत गर्‍यो । कसरी रूजवेल्ट जस्तो एक दूरदर्शी, रचनात्मक र नवीन नेताले देशलाई द्रुत आर्थिक प्रगतिमा लैजान सक्छ भन्ने यो उत्कृष्ट उदाहरण हो ।

अहिले पनि संयुक्त राज्य अमेरिकाको सर्वोच्च प्राथमिकता यातायात पूर्वाधार, अनुसन्धानमा आधारित शिक्षा, चिकित्सा विज्ञान, रोजगारका सम्भावना र प्रणालीमा सुधार सुनिश्चित गर्ने वस्तु तथा सेवामा लगानी गर्ने हो । संयुक्त राज्य अमेरिका पूर्णरूपमा पूँजीवादी देश हो, जसले दोस्रो विश्वयुद्धपछि आफूलाई अब्बल अर्थतन्त्र भएको देशको रूपमा संसारको सामुन्ने आफूलाई उभ्याउन सफल भयो । परिणामस्वरूप संयुक्त राज्य अमेरिका पृथ्वी ग्रहमा सबैको लागि सपनाको भूमि हो । अमेरिकालाई कानूनको शासन, दस्तावेजीकरण र आप्रवासनमा आधारित राष्ट्रको रूपमा लिइन्छ ।

संयुक्त राज्यले आफ्नो पूर्वाधारलाई कसरी प्राथमिकता दियो भन्ने कुरा तलका दस्तावेजले स्पष्ट हुन्छ 

मेरिल्यान्ड विश्वविद्यालयले सन् २०१४ मा पत्ता लगायो कि पूर्वाधारमा खर्च गरिएको प्रत्येक डलरले जिडिपी मा तीन डलर वृद्धि हुन्छ । यसले पूर्वाधार र वैज्ञानिक प्रगतिमा संयुक्त राज्य अमेरिकाको ठूलो लगानीको व्याख्या गर्छ । सन् १९९० देखि संयुक्त राज्य अमेरिकाले वैज्ञानिक खोजहरूलाई बढावा दिइरहेको छ र वैज्ञानिक अध्ययनहरूलाई प्रोत्साहित गरिरहेको छ । संयुक्त राज्य अमेरिकामा नोबेल पुरस्कार विजेताहरूको एक तिहाइभन्दा बढी हिस्सा छ, जसमध्ये अधिकांश विज्ञान विषयका छन् ।

निष्कर्षः

राजनीतिक स्थायित्व, तेल स्रोत, सुनको भण्डार, रणनीतिक स्थानको रणनीतिक लाभ, ठूला हतियार बिक्री, नवउपनिवेशवाद र अन्य तत्वहरुले संयुक्त राज्य अमेरिकालाई विश्व महाशक्ति बन्न मदत गर्‍यो । तर राजनीतिक स्थायित्व, नेताहरूको जोश, समर्पण, दृढता र सबैभन्दा ठूलो मानव संसाधन व्यवस्थापनले यसलाई सम्भव बनाएको हो ।

यसबाट हामीले कहिले सिक्ने ? कहिले देशको अर्थतन्त्रलाई बलियो बनाउने ? मृगतृष्णा जस्तो लाग्न थालिसकेको छ अब त । 

लेखक वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुन्  प्रकाशित लेख उनको अनुमति पश्चात वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिक प्रतिकाबाट साभार गरिएको छ ।

Back to top