×

वीरगञ्ज ३ पुष । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आफ्नो व्यक्तिगत स्तरबाट सुरु गरेको आँखा शिविर पर्साको ठोरी गाउँपालिकासम्म पुगेको छ । 

ठोरी गाउँपालिकाको वडा नम्बर ५ स्थित सुवर्णपूरमा शुक्रबार नगरप्रमुख सरावगीले आफ्नो पहलमा सुरु गरेको नी:शुल्क आँखा शिविर सम्पन्न भएको हो । शिवरमा प्राविधिक सहयोग वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानिट्यांकीस्थित माट्रिका आई फाउन्डेसनले गरिरहेको छ ।
 
शुक्रबार आयोजना भएको नेत्र शिविरको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले गरेका थिए । 

उदघाटनको क्रममा बोल्दै मेयर सरावगीले स्वर्गीय बुवा चिरञ्जीविलाल सरावगीले गर्दै आएको सामाजिक कामलाई निरन्तरता दिदै आँखा शिविरको आयोजना गरिएको बताए । 

बुवाको कामबाटनै प्रेरित भएर समाजका असहाय, गरिब विपन्नले आर्थिक अभावमा आँखाको ज्योती गुमाउन नपरोस भनेर नै विभिन्न स्थानमा आँखा शिविरहरुको आयोजना गरेको बताए । 

शिविरमा तीनसय जनाको बहिरंग सेवाबाट आँखा परिक्षण गरिएको थियो । परीक्षण गरिएका मध्य करिब एकसयजनामा मोतिबिन्दुको समस्या फेला परेको छ । 

मोतिविन्दु भएकाहरुको भोलिदेखि माट्रिका आई फाउण्डेशनमा निःशुल्क शल्यक्रिया (अप्रेशन) गरिने माईट्रिका आई फाण्डेशनका मेडिकल कोअर्डिनेटर महेशसिंह धामीले जानकारी दिए । मोतिया विन्दुको अपरेशनको सम्पूर्ण खर्च मेयर सरावगीको निजी श्रोतबाट गर्ने जानकारी दिए ।  

Back to top