×

रौतहट ४ मंसिर ।  रौतहटको गुजारा नगरपालिका–४ स्थित मतदान केन्द्रमा हवाई फायर भएको छ ।

आइतबार बिहान मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।

कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी ले सुरक्षा सतर्कता बढाएको छ ।

मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्तकाललाई मतदान स्थगित भएको छ ।

Back to top