×

कसैको बानी हुन्छ विहान बेडमै चिया पिउने । कतिपय विहान काम गर्ने व्यक्ति खाली पेटमा जे पायो त्यहि खाएर निस्कछन् । तर हामीमध्ये धेरैलाई थाहा छैन होला, कुनै खाना खाली पेट खानु भनेको विष सेवन गर्नुजस्तै हुन्छ ।

केही यस्ता खाना छन् जसलाई खाली पेट खाँदा हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ ।

मसालेदार खाना

बिहान–बिहानै ब्रेकफास्टमा स्पाईसी वा धेरै पिरो खानेकुरा कहिले खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर जस्ता रोगलाई पनि निम्यात्उन सक्छ ।

सफ्ट ड्रिङ्स

सफ्ट ड्रिङ्स विषेश गरी कोल्ड ड्रिन्क्स खाली पेटमा कहिले पिउनु हुँदैन । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । जुन पेटको एसिडसँग मिसिँदा गम्भीर समस्याको कारण बन्न सक्छ । त्यस बाहेक पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।

चिसो पेय पदार्थ

खाली पेटमा भुलेर पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स । यसले तपाइको पेटको मुकस मेम्ब्रेन अर्थात् पेटको पाचन क्रियामा सक्रिय कोषलाई हानी पुर्याउन सक्छ ।

खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । त्यसैले तपाई मनतातो पानी अथवा ग्रीन टी पिएर आफ्नो दिनको सुरुवात गर्न सक्नु हुन्छ ।

अमिलो फल

खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बन्छ । उसो त यसले तपाईलाई फाइबर र फ्रुक्टोज प्राप्त हुन्छ तर तपाईको पाचन प्रक्रिया सुस्त हुन्छ । त्यसैले यी फल खाली पेट नखानुस् ।

चिया–कफी

खाली पेट चिया र कफी पिउनु पनि तपाईको स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । चिया तथा कफि पिउनाले तपाईलाई एसिडिटी पनि हुन सक्छ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ, जसले गर्दा ग्यास्ट्रकिको समस्या हुन्छ ।

यस्तै चियामा पनि उच्च मात्रामा अम्ल (एसिड) हुन्छ जसले तपाईको पाचन प्रक्रियालाई असर पुर्याउनुका साथै पेट दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

कतिपय स्वास्थ्यवर्द्धक कुरा पनि खाली पेटमा खानु हुँदैन

स्वास्थ्यवर्द्धक भनिएका कुराहरु पनि समय र अवस्थाको ख्याल नगरी खाएका उल्टै स्वास्थ्यमा हानी पुर्याउँने हुन सक्छन् । भनाई नै छ, मह पनि बढि खाए तितो हुन्छ । यो त भयो मात्रामा होस पुर्याउँनु पर्ने कुरा । त्यस्तै गरि मात्रासँगै समय र अवस्थाको पनि ख्याल गर्नु पर्ने हुन्छ । यहाँ हामीले त्यस्तै खानेकुराहरुको सूचि बनाएका छौँ जुन स्वास्थ्यका लागि फाइदाकारी नै छन् तर समयको सम्बन्धमा होस नपुर्याए स्वास्थ्यमा हानी पुर्याउँछन् ।

यसैले तपाईले पनि यी खानेकुराहरु खाली पेटमा खाँदै हुनुहुन्छ भने आफ्नो बानीमा सुधार गरेर आफ्नो स्वास्थ्यमा फाइदा पुर्याउँन सक्नु हुनेछ ।

ग्रीन टि

हामीहरु शरीरको बोसो घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न बिहानै ग्रीन टि पिउने गर्छौं । तर ग्रीन टिमा हुने कैफिनले शरीरमा एसिडको मात्रालाई बढाउँछ । एउटा समस्याबाट मुक्त हुन पिउने त्यही ग्रीन टि खालि पेटमा सेवन गर्दा एसिडिटी बढ्छ । र, पाचनक्रियामा समस्या ल्याएर अरु नयाँ समस्या उत्पन्न गराउँछ ।

चिनी

त्यसै पनि चिनीलाई ‘व्हाइट एण्ड स्वीट पोइजन’ भन्ने गरिन्छ । खालि पेटमा चिनी सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्छ । चिनी खाँदा शरीरलाई आवश्यक पर्ने उर्जा र शक्ति त प्राप्त हुन्छ तर यसको मात्रामा वृद्धि हुदैजादा यसले थकान पनि बढ्छ ।

खर्बुजा

खर्बुजामा भिटामिन, आइरन, म्याग्नेसियम, र पोटासीयमको मात्रा निक्कै धेरै हुन्छ । शरीरको लागि अति आवश्यक यी तत्वहरु खाली पेटमा पुगे भने चाहिं एसिडिटीको समस्या आउछ । साथसाथै पाचनक्रियामा पनि समस्या आउँछ । अझ पानी खाने बित्तिकै खर्बुजा खानु र खर्बुजा खाए लगत्तै पानी खानु त झन् हानिकारक हुन्छ । यदि त्यसो गरियो भने पखाला लाग्ने निश्चित छ ।

केरा

केरामा म्यागनेसियम एकदमै धेरै हुन्छ । त्यसैले खालि पेटमा केरा खायो भने शरीरमा क्याल्सियम र म्याग्नेसियमको ब्यालेन्स बिग्रिन्छ । जसले गर्दा छाती पोल्ने र पाचनक्रियामा समेत गडबडी आउने हुन्छ ।

सुन्तला

सुन्तलामा अर्गानिक एसिड हुन्छ । पेट खाली भएको बेला शरीरमा त्यतिकै पनि एसिड (अम्ल) को मात्र धेरै हुन्छ । त्यसमाथि खाली पेटमा सुन्तला खायो भने यसले एसिडको मात्रा अत्याधिक बढाउँछ । बैज्ञानिक अनुसन्धानबाट के देखिएको छ भने पेटमा एसिड धेरै हुँदा छाती र पेट पोल्ने तथा पथरीको समस्या समेत आउने हुन्छ ।

सखरखण्ड

सखरखण्डमा टैनिन र पैकटिन जस्ता पदार्थ हुन्छन् । गम जस्तो यो पदार्थलाई खाली पेटले पचाउन सक्दैन । परिणाम स्वरूप छाती पोल्ने समस्या देखापर्छ ।

दुध

प्राय सबैलाई थाहा छ, दुधमा स्याचुरेटेड फ्याट (चिल्लो पदार्थ ) र प्रोटीन हुन्छ । खाली पेटमा दुध सेवन गर्नाले पेटको मांशपेसीलाई कमजोर पार्छ । यसकारण दुधलाई खाली पेटमा सेवन गर्यो भने पाचनक्रियामा समस्या देखिनुको साथै यसले कफ पनि बढाउँछ ।

Back to top