×

फ्रिजमा खानेकुरा भण्डारण गरिन्छ, जो आफैमा सफा हुनुपर्छ । यदि फ्रिज सफा भयो भने त्यसमा राखिएको खानेकुरा सफा र स्वच्छ हुन्छ । लामो समयसम्म फ्रेस रहन्छ । तर, फ्रिजको सफाइ निकै सावधानीपूर्वक गर्नुपर्छ ।

१. फ्रिज सफा गर्नका लागि हल्का तातो पानीमा क्लिनिङ एजेन्ट मिलाउनुपर्छ । यस घोलमा सफा मुलायम कपडा भिजाएर फ्रिज सफा गर्नुपर्छ ।

२. फ्रिजमा लागेको कुनैपनि दाग भुलेर पनि चक्कु वा ब्लेडले सफा गर्नु हुँदैन । यसो गर्दा त्यसको पोलिस उप्किने डर हुन्छ ।

३. फ्रिज सफा गरिसकेपछि मुलायम कपडाले पुछ्नुहोस् ताकि फ्रिज राम्ररी सुक्न सकोस् । फ्रिजलाई कहिले पनि पानीले धुने कोसिस गर्नु हुँदैन ।
४. फ्रिजमा हरेक सामग्री ढाकेर राख्नुपर्छ । फ्रिजबाट गन्ध आउँछ भने कागतिको टुक्रा राख्नुपर्छ ।

५. फ्रिजमा कहिले पनि तातो खानेकुरा राख्नु हुँदैन । कुनैपनि तातो खानेकुरा राम्ररी सेलाएपछि मात्र राख्नुपर्छ ।

६. आइस ट्रेलाई कहिले पनि तातो बनाउनु हुँदैन ।

७. फ्रिजमा केरा, प्याज, आलु राख्नु हुँदैन । पनिरलाई फ्रिजमा राख्नुअघि पारदर्शी पोलिथिनमा राख्नुपर्छ ।

८. फ्रिजमा धेरै सामग्रीले भरेर राख्नु हुँदैन । यसले कम्प्रेसरमा अतिरिक्त दवाव हुन्छ ।

९. फ्रिज सफाई गरेको बेला बिद्युतको प्लग हटाउनु पर्छ ।

Back to top