×

वीरगञ्ज, २ कार्तिक स् बुधबार अपरान्ह वीरगञ्ज, सहित देशैभर भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार अपरान्ह ३ बजे ८ मिनेट जादाँ  भुकम्पको धक्का महसुुस गरिएको हो । 

भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।

 भुकम्पको धक्का पर्साको वीरगन्ज सहित बारा, रौतहट, काठमाण्डौ, चितवन, गोर्खा सहित देशैभर महसुस गरिएको सामाजिक सन्जालमा स्थानीयले लेखेका छन् । आफु पाँच तल्लामा बसेर  काम गरिरहेका बेला अचानक दुइ पटक भुकम्पको धक्का मसुस गरेको वीरगन्ज ११ रानीघाटका दिपक सर्राफले बताए । क्षतिको बारेमा बुझने काम भइरहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।


              

Back to top