×

फेसबुकको माउ कम्पनी मेटाले आफ्ना फेसबुक प्रयोगकर्ताहरूलाई डाटा चोरीको हुनसक्ने चेतावनी दिएको छ।

एन्ड्रोइड र आईओएसमा धेरै एपहरूले उनीहरूको लगइन प्रमाणहरू चोरी गरेर दुरुपयोग गरेको मेटाले बताएकोसँगै फेसबुकका करिब १० लाख प्रयोगकर्ताको लगइन प्रमाण चोरीको घटना बाहिर आएको हो । फोटो इडीट गर्ने एप, खेलहरू, भीपीएन सेवा, व्यापार जस्ता एपहरूमा अधिकांश यस्ता त्रुटिहरू देखिएकाछन्।
 

४ सय बढि एपहरूले डाटा चोर्छन्

आफ्ना प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै मेटाले गुगल प्ले स्टोर र एप्पल स्टोरमा ४०० वटा यस्ता एप पत्ता लगाइएको जनाएको छ । यी एप्स प्रयोग गर्ने प्रयोगकर्ताको फेसबुक क्रेडेन्सियल चोरेर गलत काममा प्रयोग भइरहेको  मेटाले भनेको छ ।
मेटाका थ्रेट डिस्प्रेसन निर्देशक डेभिड अग्रानोविच र मालवेयर डिस्कवरी र डिटेक्शन इन्जिनियर रायन भिक्ट्रीका अनुसार उनीहरूले यी खराब एपहरूको बारेमा एप्पल र गुगललाई जानकारी गराइसकेका छन्। उनिहरूले यो जानकारी सामाजिक सञ्जालमा पनि शेयर गरेका छन् । त्रुटिको जानकारी प्राप्त हुनासाथ गुगल र एप्पलले आफ्नो प्लेटफर्मबाट यी एप हटाएका छन् ।
 

नयाँ एपमा लगइन नगर्न मेटाको अनुरोध
मेटाले प्रयोगकर्ताहरूको लागि सुरक्षा उपायहरू पनि जारी गरेको छ ।  प्रयोगकर्ताले कुनैपनि नयाँ एप डाउनलोड गरेपछि  उनीहरूले तपाईंलाई प्रयोगकर्ताका प्रमाणहरूका बारे सोध्दैनन् भने यस्ता एप्स प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ भनेको छ । 
 

यस्ता एपहरूले चोर्छन डाटा 

  • फोटो इडीट गर्ने एप जसले तपाइँको कार्टुन कोर्न को लागी अनुमति माग्छन्।
  • विविध सामग्री र वेबसाइटहरू अवरुद्ध गरेर ब्राउजिङ गति बढाउने भीपीएन  एप।
  • उपयोगी एप जस्तै फ्ल्यास लाइट बढाउने।
  • उच्च गुणस्तरको थ्रीडी ग्राफिक्स अनुभव दिने गेमिङ एप।
  • स्वास्थ्य र जीवन शैली बारे जानकारी प्रदान गर्ने, स्वास्थ्य ट्रयाकिङ र राशिफलको जानकारी दिने ।
  • व्यापार र विज्ञापन व्यवस्थापन गर्ने खालका एप।
Back to top