वीरगञ्ज २४ असोज । डस्टी कार्गो व्यवस्थापनमा सरकारको पहल काम नलागेको अवस्थामा वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालकले बन्दरगाहमै यस्तो कार्गो व्यवस्थापन हुन सक्ने बताएको छ ।
बन्दरगाह सञ्चालन गरिरहेको प्रिस्टाइन भ्याली डाइपोर्ट प्रालिका मुख्य सञ्चालन अधिकृत (सीओओ) अतुलकुमार शर्माले सरकारले अनुमति दिए डस्टी कार्गो व्यवस्थापन गर्न सकिने बताए ।
कम्पनीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बन्दरगाहमा डस्टी कार्गो भित्र्याउने प्रस्ताव पठाएको छ । ‘सरकारले स्वीकृति दिए १ महीनाभित्र आवश्यक पूर्वाधार तयार गरेर सञ्चालनमा ल्याउन सक्छौं,’ शर्माले दाबी गरे ।
बन्दरगाहमा रेलसेवा सञ्चालनमा रहेकाले डस्टी कार्गो सोझै भित्र्याउन सहज हुने पनि उनले बताए ।
सरकारले आईसीपी र सुक्खा बन्दरगाहबीचमा पर्ने ६२ बिगाहा जग्गा अधिग्रहण गरी पूर्वाधार विस्तार गर्नुपर्ने सुझाव उपाध्यक्ष राजपालको छ ।
यो योजनाका लागि सरकारले बजेट छुट्ट्याउँदै आए पनि कामले गति लिन सकेको छैन ।