×

समाजवादी पार्टीका संस्थापक तथा मैनपुरीका सांसद मुलायम सिंह यादवको स्वास्थ्य बिग्रिएपछि गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखिएको छ ।

यद्यपि पार्टीले उनको स्वास्थ्यको अपडेटमा उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ ।  समाजवादी पार्टीका नेता राकेश यादवलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले भनेको छ, ‘मुलायम सिंह यादवको स्वास्थ्य स्थिर छ। चिकित्सकहरूका अनुसार आज उहाँको अक्सिजनको स्तर अलिकति घटेको छ। तर चिन्ता गर्नुपर्ने कुरा छैन। उहाँको दिनहुँ नियमित चेकअप हुन्छ।’

केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले पनि सपाका संस्थापकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन् । उनले मुलायम सिंह यादवका छोरा अखिलेश यादवसँग पनि कुरा गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले मुलायम सिंह यादवको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

Back to top