×

वीरगञ्ज, १५ असोज । गुगल प्ले स्टोरबाट नेपालकै ठूलो डिजिटल वालेट ई–सेवा एप गायब भएको छ। शुक्रबार साँझदेखि ई–सेवा प्ले स्टोरबाट गायब भएको हो ।

एप गायब भएको १२ घण्टाभन्दा बढी भएता पनि गायब हुनुको कारण भने यकिन हुन सकेको छैन ।

ई–सेवाका प्रतिनिधिहरूले यसबारे गुगलका टोलीसँग छलफल गरिरहेको जानकारी दिएका छन् ।

यस अघि मोबाइल वालेट खल्ती र आईएमई पेको एप समेत गुगल प्ले स्टोरबाट गायब भएका थिए। तर, केही समयपछि ती एप फिर्ता भएका थिए ।

प्ले स्टरबाट गायब भएता पनि  ई–सेवा एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूले भने यसका सेवा पाइरहेका छन् ।

Back to top