×

एजेन्सी । फिल्म लाईनमा गरिने यौ-न दुब्र्यहार अहिले पनि जारी नै रहेको छ । निर्देशक, निर्माता तथा आफ्नै सहकर्मी साथीहरुबाट उत्पीडनमा पर्ने गरेका छन् हिरोइनहरु । पछिल्लो समय यस्तै एउटा घटना सार्वजनिक भएको छ ।

भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि यौ-न दुब्र्यवहार गरेको दाबी गरेकी छिन् ।

बिग बोस ओटीटीबाट बाहिरिएकी भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएकी थिईन् । यहि मौकामा अभिनेत्री रानीले पनि त्यसको समर्थन गर्दै आफु माथि भएको यौ-न दुब्र्यवहारको आ-रोप लगाएकी हिुन् । भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै उनले निर्देशक बाटै आफुलाई दु-ब्र्यवहार भएको खुलाएकी हुन् ।

उनले आफु करियरको सुरुवाती दिनहरुको स्मरण गदृै हिन्दी फिल्ममा खेल्नका लागि निर्देशकसँग भेट्न जाँदा निर्देशकले गलत व्यवहार गरेको खुलासा गरेकी हुन् । उनले ती निर्देशकको भने नाम खुलाएकी छैनन् ।

जब उनी हिन्दी फिल्ममा खेल्न लागि निर्देशकको कार्यालयमा पुगेकी थिइन् त्यती बेला निर्देशकले उनी माथि एकदमै नराम्रो ब्यवहार गरेका थिए ।

Back to top