×

बलिउड फिल्ममा रुचि राख्ने दर्शकले हालसम्म गुलसन ग्रोबर, रन्जीत, शक्ति कपूर र प्रकाश राजजस्ता बलिउडका स्टारहरूलाई फिल्ममा खुङ्खार खलनायकका रूपमा हेरिसकेका छन् ।

तर यहाँ खलनायक कलाकारका सुन्दरी र स्टाइलिस पत्नीका बारेमा चर्चा गरिनेछ ।
डेनी डेन्जोङपा

अभिनेता डेनी डेन्जोङपा ९० को दशकका प्रख्यात खलनायक हुन् । उनलाई हिन्दी फिल्मको सबैभन्दा महान अभिनेतामा चित्रण गरिन्छ । डेनीले सिक्किमकी राजकुमारी गावा डेन्जोङपासँग विवाह गरेकी हुन् । उनीहरू सन्तानका साथ मुम्बईमा बस्दै आएका छन् ।

गुलसन ग्रोवर

बलिउडका प्रख्यात अभिनेताको पहिलो श्रीमति फिलोमिना ग्रोवर थिइन् । यो विवाह लामो समयसम्म टिकेन । फिलोमिनासँगको विच्छेदपछि गुलशनले कशिश ग्रोवरसँग विवाह गरे । यो विवाह पनि २००२ मै समाप्त भयो ।

प्रकाश राज

‘सिंघम’ र ‘दबंग २’ मा खलनायकको भूमिकामा अभिनय गरेर आफ्नो प्रतिभा देखाइसकेका बलिउड अभिनेता प्रकाश राजले सन् २००९ मा पहिलो श्रीमती ललिता कुमारीलाई सम्बन्ध विच्छेद गरेपछि सन् २०१० मा कोरियोग्राफर पोनी वर्मासँग विवाह गरेका थिए । फिल्म ‘काबिल’, ‘शूटआउट एट वडाला’, ‘डोंगरीका राजा’ जस्ता फिल्ममा खलनायकको भूमिकामा अभिनय गरेका रोनित रोयले नीलम सिंहसँग विवाह गरेका छन् ।

सोनू सूद

अभिनेता सोनू सूद चिरपरिचित अभिनेता हुन् । जसले बलिउड र तेलुगू फिल्ममा खलनायकको चरित्र निर्वाह गरिसकेका छन् । उनले सोनालीसँग विवाह गरेका छन् ।

शक्ति कपुर

अभिनेता शक्ति कपुर हरेक भूमिकामा सर्वश्रेष्ठ छन् । चाहे त्यो कमेडी होस् या खलनायक । आफ्नो रिल जीवनमा उनले ७ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । वास्तविक जीवनमा उनले शिवांगी कोल्हापूरेसँग विवाह गरेका छन् ।

परेश रावल

अभिनेता परेश रावल पनि कमेडीदेखि लिएर खलनायकसमेत हरेक भूमिकामा उत्तिकै रुचाइएका पात्रा हुन् । उनले पूर्व मिस इन्डिया स्वरुप सम्पतसँग विवाह गरेका थिए ।

Back to top