×

सन् २०२१ को सुरुवातमा शाओमी तथा अन्य कम्पनीहरुले यो प्रविधिमा काम गरिरहेको बताएका थिए । शाओमी कम्पनीले यसको नमूना पनि देखाएको थियो जसमा चार्जिङ बक्समा १४४ एन्टिनाको प्रयोग गरिएको थियो ।

इसको सहयोगमा वेभ सिग्नल प्रशारण हुन्छन् । ती सिग्नलहरु १४ एन्टिनाको सहयोगमा स्मार्टफोनसम्म पुग्दछन् । जसले सिग्नललाई ५ वाटको ऊर्जामा बदलिदिन्छ । यसबाट स्र्माफोन हावामै चार्ज हुन थाल्दछ । कम्पनीले यो प्रविधिलाई Mi Air Charger नाम दिएको छ ।

सन् १९०१ बाटै प्रयास जारी

ट्रू वायलेस चार्जिङ प्रविधि तयार गर्ने कोसिस गरिरहेको शाओमी पहिलो कम्पनी भने होइन । सन् १९०१ म निकोला टेस्लाले न्युयोर्कस्थित लङ्ग आइल्याण्डमा आफ्नो प्रयोगका क्रममा वार्डेनक्लिफ टावर भनिने टेस्ला टावर बनाएका थिए । उक्त प्रयोग वायरलेस पावर ट्रान्समिसनसँग सम्बन्धित थियो । भलै यो प्रविधि बजारमा आयो तर मानिसले यसलाई खासै मन पराएनन् जसका कारण यो आम प्रयोगकर्तासम्म अझै पनि पुग्न सकेको छैन । यसका विभिन्न कारण छन् ।

शाओमीले पनि जुन प्रविधि ल्याएको थियो त्यसमा केवल ५ वाटको चार्जिङ उपलब्ध थियो । १५० वाटसम्मको फास्ट चार्जिङ को जमानामा ५ वाटको चार्जिङ कसलाई चाहिन्छ र ? अझ वास्तविक वायरलेस चार्जिङका लागि थप अतिरिक्त पाटपुर्जा जडान गर्नुपर्ने हुन्छ । जुन झण्झटिलो हुन्छ ।

प्रविधि हरेक दिन विकसित भैरहेको हुन्छ र विद्यमान प्रविधि जगत हरेक पल पहिले भन्दा उत्कृष्ट भइरहेको हुन्छ । त्यसैले विश्वास गरौं कुनैदिन हावाबाट मोबाइल चार्ज गर्ने प्रविधि पनि सहज तथा सुलभ होला । प्रयोगकर्तालाई थप पाटपुर्जा जोड्ने झण्झट नहोला र चार्जिङ स्पीड पनि बढी हुन सक्ला । –एजेन्सी

Back to top