वीरगञ्ज १९ भदौ । नेपाल फोटो पत्रकार महासंघ पर्साको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्र शनिबार सम्पन्न भएको छ ।
संघका अध्यक्ष बिजय चौहानको अध्यक्षता र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको प्रमुखा आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, मधेश विश्व बिद्यालयका उपकुलपति डा. दिपक शाक्य, फोटो पत्रकार संघका मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, पुर्व अध्यक्ष राम सर्राफ, पत्रकार निलिमा पौडेलले शुभकामाना मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सिंहले फोटो पत्रकारको हकहितको लागि महानगर तयार रहेको बताए ।
उनले फोटो पत्रकारिताको माध्यमले देशका समस्या उजागर गर्न फोटो पत्रकारहरुलाई आग्रह गुर्नभयो ।
पछिल्लो समय फोटो पत्रकारिता सिमा नाकाबाट हुने तस्करीमा मात्र सिमित भएको भन्दै मेयर सिंहले वीरगञ्जका सार्वजनिक सम्पतिमा भएका क्षति र समाजमा राम्रो संदेश जाने फोटो लिन पनि फोटो पत्रकारलाई अनुरोध गर्नुभयो ।
यसैबिच महासंघले मधेश विश्व बिद्यालयको उपकुलपतिमा नियुत्त भएका शिक्षाविद डा. दिपक शाक्यलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा मधेश विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.दिपक शाक्यले वीरगञ्जमा विश्वविद्यालय स्थापना हुनु यहाँका लागि गर्वको कुरा भएको बताए ।
नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रमको सहजिकरण तिवारी यादवले गरेका थिए । उद्घाटन सत्र पछि बन्द सत्रले नयाँ नेतृत्व चयन भएको छ ।
नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे तेस्राे अधिवेशन सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे अधिवेशनले सफल खतिवडाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसहमत चयन गरेकाे छ ।
जुन समितिकाे उपाध्यक्षमा माधुरी महताे, सचिवमा श्रवण कुमार साह, काेषाध्यक्षमा शम्भु कुमार सुमन, सदस्यहरुमा प्रणय साह, राजन श्रीवास्तव, विनाेद पटेल, प्रमाेद यादव, चिरन्जीवी यादव, राहुल गुप्ता, आराेहण साह लगायतका रहेका छन् ।