वीरगञ्ज १५ भदौ । नेपाली कांग्रेस नेतृत्वको सिट वाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ। आगमी ४ मंशिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट वाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दावी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन। यद्यपी, शिर्ष नेताहरुको बैठकवाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि आज बैठक बस्न लागेको हो।