×

वीरगञ्ज २९ साउन । सत्ता गठबन्धनभित्रैका बामपन्थी दलहरु एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने तयारी गरेका छन्। मंसिर ४ को निर्वाचनमा सत्तारुढ गठबन्धनका बामपन्थी दलहरु एउटै चिन्ह लिएर निर्वाचनमा भाग लिने तयारी थालेका हुन्।

सत्तारुढ गठबन्धनका एक शिर्ष नेताले दिएको जानकारी अनुसार आन्तरिक गृहकार्यमा दलहरु जुटिरहेका छन्। यही सोमबार भित्र एउटै निर्वाचन चिन्ह लिएर जाने बिषयमा सार्वजनिक घोषणा गर्ने तयारीमा दलहरु लागेका रहेका छन्।

एउटै चिन्ह लिएर निर्वाचन लड्ने तयारीमा रहेका दलहरुले आन्तरिकरुपमा तयारी तीब्र पारेका छन्। गठबन्धनभित्रैका बाम दलहरुले कांग्रेससँग सिट बाँडफाँटमा समेत सामुहिकरुपमा माग गर्ने तयारी थालेका छन्।

एउटै चिन्ह लिएर निर्वाचनमा होमिने दलहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराइको नवगठित नेपाल समाजवादी पार्टी, बामदेव गौतमको नेकपा (एकता अभियान) रहेका छन्।

Back to top