×

वीरगञ्ज २९ साउन । संसदको निर्वाचनमा ४० प्रतिशत टिकट नपाए नेपाली काँग्रेसको शेखर कोइराला समूहले विद्रोह गर्ने भएको छ । रचनात्मक विद्रोह भनी पार्टी नेतृत्वलाई चेतावनी दिइसकेको शेखर समूहले ४० प्रतिशत भागवण्डा मागेको हो ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिष्पर्धा गर्दा शेखर कोइरालाले ४१ प्रतिशत मत ल्याएका थिए । यसअघि काँग्रेस एक हुँदा शेरबहादुर देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग पार्टीका कमिटी देखि चुनावमा टिकट बाँड्दा ४० प्रतिशतको भागवण्डा सुनिश्चित गरेका थिए । सुशील कोइराला सभापति हुँदा पनि कायमै रह्यो ।

देउवा सभापति निर्वाचित भएयता ४० प्रतिशत भागवण्डा रोकिदिएका छन् । उनले पछिल्लो समय शेखर समूहलाई पार्टीका कमिटीमा भूमिकाहनी बनाइदिएका छन् भने सरकारमा लाँदा समेत कुनै अवसर दिएका छैनन् ।

४० प्रतिशत भागवण्डा नपाए शेखर कोइराला समूहले ठूलै विद्रोहको तयारी गरेको छ ।

देशभर उम्मेदवार उठाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भित्री तालमेल गर्ने समेत रणनीति बनाएको बुझिएको छ । यसले काँग्रेसभित्र विभाजनको खतरा पनि बढेको छ ।

Back to top