×

फाइल तस्बिर

वीरजञ्ज २८ साउन । नेपाली काँग्रेसको पूर्वनिर्धारित चुनावी कार्यक्रममा हेरफेर भएको छ । यसअघि काँग्रेसले भदौ २ देखि देशभर चुनावी अभियान सञ्चालन गर्ने भनिएकामा त्यसलाई सारेर ७ गते पुर्याइएको छ ।  

महामन्त्री गगन थापाले चुनावी अभियान कार्यक्रम हेरफेर गरिएको भन्दै अब भदौ ७ देखि २४ गतेसम्म सञ्चालन हुने बताउनुभयो । यसअघि भदौ २ देखि २४ गतेसम्म कार्यक्रम सञ्चालन हुने गत केन्द्रीय समिति बैठकले तय गरेको थियो ।

नेपाली काँग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको छ । शनिबार बिहान ९ बजे बैठक बोलाएको हो ।

बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने नेताहरूको भनाइ छ ।

Back to top