वीरगञ्ज २८ साउन । वीरगञ्ज महानगरपालिका वडा नं २ का शेष मुन्नाले नेपाल र भारत बिच रोटि बेटीको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले वीरगञ्जको घण्टाघर देखी दिल्ली सम्म १०६० कि. मि. पैदल यात्रा एक साता अगाडि अर्थात गत साउन २१ गते शनिवारका दिन प्रारम्भ गरेका थिए ।
वीरगञ्जको घण्टाघरबाट सुरु गरेको पैदल यात्रा शुक्रबार सातौ दिन सम्ममा भारतको उत्तर प्रदेशको बस्ति भन्ने ठाउ नजिक ३२५ कि.मि. को दुरि पार गरि सकेको शोष मुन्नाले स्वं आज फेसबुकको म्यासेन्जर मार्फत जानकारी गराएका छन् ।
यात्राको दौरानमा भारतका विभिन्न स्थानका प्रहरी प्रशासन, संचारकर्मी लागायत स्थानियवासिले धेरै प्रसंशा गर्नुका साथै मुन्नासंग फोटो खिचाइ रहेको दृष्य अहिले सामाजिक संजालमा छ्याप छ्यापती देख्न सकिन्छ ।
हिजोको दिनमा शेष मुनालाई नचिन्ने मान्छे आज सामाजिक संजालमा छरपस्ट लाइक, कमेन्ट तथा शेयर गरिरहेका छन् ।
अहिले मुन्ना संग कुरा गर्ने क्रममा स्वास्थय सबै ठिक भए पनि दुवै खुट्टा सुन्नेको छ । दैनिक ५० देखि ६० कि.मि. सम्म पैदल यात्रा गर्ने गरेको तर खुट्टा सुन्नेको कारण आज जम्मा २१ कि.मि. यात्रा गर्न सफल भएको बताए ।
२४ दिनमा १०६० कि .मि. यात्रा तय गरेका मुन्नाले इतिहास कायम गर्न पछि नहट्ने बताएका छन् । २१ वी सताब्दिमा पनि एउटा युवाको साहस, जोश जाँगर लगनशिलतालाइ नेपाल सरकारको पनी ध्यानाकर्षण होस भनी मुन्नाले हार्दिक अपिल गरेका छन् ।