×

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी (कालो कोटमा), अल इन्डिया फेयर प्राइस शप डिलर्स फेडरेशनका सदस्यहरूसँग नयाँ दिल्लीमा धर्ना दिँदै। (फोटो : पीटीआई)

प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदीले दिल्लीको मंगलवार जन्तरमन्तरमा धर्ना दिएर नाराबाजी गरेका छन्। अलइन्डिया फेयर प्राइस शप डिलर्स फेडरेशन (एआईएफपीएसडीएफ) का उपाध्यक्ष प्रह्लाद मोदी अन्य सदस्यहरूसँग नारा लगाउँदै दिल्लीको जन्तरमन्तरमा भेला भएका थिए।

प्रह्लाद मोदीले एआईएफपीएसएडीएफको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो अस्तित्वका लागि लामो समयदेखिका मागहरू सूचीबद्ध गर्दै ज्ञापनपत्र बुझाउने जानकारी दिएको छ। प्रह्लादले महँगी बढेको र पसल चलाउने लागत बढेको बीच मार्जिन प्रतिकिलो २० पैसा मात्र बढाउनु क्रूर मजाक भएको भन्दै विरोध गरे। 

उनले भने, ‘हाम्रो आर्थिक समस्या हटाउन केन्द्र सरकारलाई अनुरोध गर्दछौं।’ यसका साथै एआईएफपीएसएडीएफ राष्ट्रिय महासचिव विश्वम्भर बसुले आफ्ना ९ बुँदे ज्ञापनपत्र प्रधानमन्त्री मोदीलाई दिने बताएका छन्। यसका साथै उनले लोकसभा अध्यक्ष ओम बिरलालाई भेट्ने योजना बनाएको जानकारी दिए। उनले निःशुल्क वितरणका लागि पश्चिम बङ्गालको रासन मोडललाई देशभर लागू गर्नुपर्ने माग गरेका छन्।

एआईएफपीएसडीएफले चामल, गहुँ र चिनीमा भएको नोक्सानका साथै सुपथ मूल्य पसलमार्फत आपूर्ति गरिने खाने तेल र दालका लागि क्षतिपूर्ति खोजिरहेको छ।
यसका साथै खानेतेल, दाल र एलपी ग्यास सिलिन्डर सुपथ मूल्य पसलबाट उपलब्ध गराउन माग गरेका छन्।

ग्रामीण क्षेत्रका सुपथ मूल्य पसलका व्यापारीहरूलाई चामल र गहुँको प्रत्यक्ष खरिद गर्ने एजेन्टको रूपमा काम गर्न दिइनुपर्ने उनीहरूको माग छ।

उनले आफ्ना माग तृणमूल कांग्रेसकी सांसद सौगत रायले पनि संसद्‌मा उठाएको चर्चा गरे। उनले आफ्ना माग पूरा नभएसम्म यो धर्ना जारी रहने बताए।

उनले भने, ‘हामीले सरकारसमक्ष आफ्ना कुरा राखेका छौँ र अब हाम्रो माग पूरा गर्ने कि नगर्ने सरकारको हातमा छ। प्रधानमन्त्रीले हाम्रो माग सुनिरहनु भएको होला।’

प्रह्लाद मोदीले प्रदर्शनका क्रममा त्यहाँ उपस्थित जनसमुदायलाई सम्बोधन पनि गरेका थिए। उनले मञ्चबाट भने, ‘कोरोनाको समयमा प्रधानमन्त्री आफ्नो कोठामा हुँदा राशन डिलरहरू सडकमा आएर जनतालाई सहयोग गरिरहेका थिए।’ प्रधानमन्त्रीले यो कुरा बुझ्न आवश्यक भएको उनको भनाइ थियो। 










 

 

Back to top