×

माइक्रो ब्लगिङ साइट ट्वीटरमा केही पहिले सुरक्षा त्रुटी फेला परेको थियो । जसका कारण लाखौं प्रयोगकर्ताका पर्सनल डाटा ह्याकरको हातमा पुगे । रिपोर्ट अनुसार ट्वीटरको डाटाबेसमा त्रुटीका कारण ५४ लाख ट्वीटर प्रयोगकर्ताका व्यक्तिगत हात ह्याकरले हात पारेका थिए ।

HackerOne को एक रिपोर्ट अनुसार गत जनवरीमा भएको उक्त घटनामा ट्वीटर प्रयोगकर्ताका फोन नम्बर, इमेल ठेगाना आदि सार्वजनिक भएका थिए । साथै कुनै ट्वीटर अकाउन्टमा आबद्ध दोस्रो अकाउन्ट पनि थाहा पाउन सकिने भएको थियो ।

ट्वीटर एन्ड्रोइड क्लाइन्टमा प्रमाणीकरण प्रक्रियामा उक्त बग पाइएको थियो । जसको प्रयोग ट्वीटर अकाउन्टको डुप्लिकेसन पत्ता लगाउनका लागि गरिन्छ ।

ट्वीटरले उक्त समस्यालाई वास्तविक सुरक्षा समस्याको रुपमा लिँदै उक्त बग पत्ता लगाउनेलाई करीब ६ लाख रुपैयाँ पुरस्कार दिएको थियो र उक्त बगको समस्या समाधान गरेको थियो ।

तर उक्त बगको समस्या समाधान नहुँदै एकजना ह्याकरले सुरक्षा त्रुटीको फाइदा उठाउँदै लाखौं प्रयोगकर्ताका डाटा हात पारेका थिए । ती डाटा अहिले बिक्रीमा राखिएको छ । त्यसका लागि ह्याकरले ३० हजार डलर माग गरेका छन्।

नाइट टु फाइभ म्याकमा प्रकाशित रिपोर्ट अनुसार ट्वीटर डाटाबेसलाई Breached Forumsमा बिक्रीका लागि राखिएको छ । त्यसका लागि नमूना डाटा पनि शेयर गरिएको छ । तर यस विषयमा ट्वीटरले अहिलेसम्म आधिकारिक रुपमा केही पनि बताएको छैन । एजेन्सीको सहयोगमा

Back to top