×

वीरगञ्ज १० सावन । राजसंस्था पुनर्सथापनाको महान अभियानमा अग्रसर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता भनिने व्यक्ती भारतीय नागरिक रहेको खुलासा भएको छ ।

केहिदिन यता समाजिक संजालमा राप्रपाको प्रभावशाली नेता भनि लेखिएर आउने गरेका नरेश कुमार साह भारतीय नागरिक भएको खुलासा भएको हो ।

२०६३ सालमा खटिएको नागरिकता टोलीबाट सर्लाही जिल्ला तत्कालिन कविलासी गाविस वडा नम्बर ८ मा जन्म भएको भुठो विवरण पेश गरी नेपाली नागरिकता लिन सफल भएका साह भारत विहार सितामढी जिल्ला बेल निवासी नरसिंह साहका छोरा भएको खुलेको हो ।

निजको हालसम्म भारत विहार सितामढी जिल्ला रिगा विभानसभा अन्तरगत बेलमा जग्गा जमिनका साथै भारतीय नागरिकता र मतदाता सुचिमा समेत नाम उल्लेख रहेको प्रमाण फेला परेको छ ।

त्यसै गरी साहको नागरिकता विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परेको छ । उजुरीको आधारता जिल्ला प्रशासन कार्यालयले अनुसन्धानको सिलसिलामा निजलाई झिकाएर थप एवं गहन अनुसन्धान गरिरहेको बुझिन आएको छ ।

राप्रपा श्रोतका अनुसार पार्टीमा साहले प्रवेश गरे देखि लाखौं रुपैया खर्च गरिसकेका छन्भने अगामी संघ र प्रदेश संसदको निर्वाचनमा करोर्डौ खर्च गर्ने अश्वासन दिएका छन् ।

साहले निर्वाचनमा आफुलाई समानुपातिक सुचिमा समावेस गरी सांसद र मन्त्री सम्म पुग्न करोडौं रुपैया खर्च गर्ने सोचमा रहेको बताइन्छ । साभार : सहारा दैनिकबाट

Back to top