एलन मास्क ट्वीटर किन्ने प्रस्तावबाट पछि हटेका छन् ।
मस्कले ट्वीटरले आफ्ना विभिन्न प्रतिबद्धता पुरा नगरेको भन्दै वकिल मार्फत ४४ बिलियन डलरको यो प्रस्तावबाट पछि हटेको जानकारी गराएका हुन् ।
मस्कले खरिद प्रक्रियाबाट आफु अलग हुन वकिलमार्फत अदालतमा नोटिस पठाएका छन् ।
मस्कले ट्वीटर किन्ने प्रस्ताव गरेपछि ट्वीटरका नक्कली एकाउन्ट बारे प्रश्न उठाएका थिए । ट्वीटरले आफ्ना नक्कली एकाउन्ट ५ प्रतिशत भन्दा कम रहेको बताए पनि त्यो संख्या धेरै रहेको मस्कको दाबि थियो ।
यता मस्क पछि हटेपनि ट्वीटरको बोर्ड भने यो खरिद प्रक्रिया पुरा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
बोर्डका अध्यक्ष ब्रेट टेलरले खरिद प्रक्रिया पुरा गर्न बोर्ड प्रतिबद्ध रहेको र कानुनी प्रक्रियामा आफुहरुको जित हुने बताएको छ ।
मस्क पछि हटेको सूचना बाहिरएसँगै शेयर बजारमा ट्वीटरको शेयर मुल्य ६ प्रतिशतभन्दा बह्दिले घटेको छ ।