×

वीरगञ्ज, ३ जेठ ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २ मा बिजयी भएर नेपाली कांग्रेसले खाता खोलेको छ ।

नेपाली कांग्रेसका महम्मद रेयाज मियाँ तेली प्यानलसहित बिजयी भएका हुन् । १ हजार १ सय २१ मतले तेली निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का शेष जलसोदिनले ८ सय ६७ मत ल्याएका छन् ।

तेलीले जलसोदिनलाई २ सय ५४ मतले पराजित गरेका हुन् । एमालेका मलतुन ठकुराईले ७ सय ७ मत प्राप्त गरेका छन् । 

महिला सदस्य पदमा संगीता थापा भुजेल, दलित महिला सदस्य पदमा रम्भा कुमारि, खुल्ला सदस्य पदमा अब्दुल लतिफ अन्सारी र बसिर मिया हजाम बिजयि भएको निर्वाचन आयोगले जनाएको छ ।

 

Back to top