×

वीरगञ्ज, १८ बैशाख ।  सत्तारुढ गठबन्धनका साझा उम्मेदवारलाई जिताउन नेकपा माओवादी केन्द्रले पनि घरदैलो थालेको छ ।

गठबन्धनको निर्णयअनुसार जनता समाजवादी पार्टी (जसपा) को भागमा मेयर र उपमेयरमा नेपाली कांग्रेसको भागमा परेपछि गठबन्धनलाई जिताउन नेकपा माओवादी केन्द्रले पनि गतिविधि बढाएको हो । 

महानगरको मेयरमा जसपाका राजेशमान सिँह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमसँगै वडाहरुमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताउन नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले आग्रह गरेका छन् । 

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुमा गएर नेता तथा कार्यकर्ताहरुसँग यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै छलफल गरिएको छ । 
 

Back to top