×

वीरगञ्ज, २९ चैत । वीरगञ्जमा २ दिने बृहत शैक्षिक मेला मंगलवारदेखि शुरु भएको छ । स्टडी इन इन्डिया एक्सपोले नेपाली विद्यार्थी र अभिभावकहरुलाई मध्यनजर गर्दै देशकै प्रमुख व्यापारिक हब तथा आर्थिक नगरी वीरगञ्जमा शैक्षिक मेलाको आयोजना गरेको हो । 

शैक्षिक मेलाको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, शिक्षाविद् प्राध्यापक डा. दीपक शाक्य लगायतले सयुँक्त रुपमा उद्घाटन गरेका थिए । 

शिक्षा आर्जनको प्रक्रियाका लागि र सेवा तथा सुविधा सम्बन्धमा २० वटा प्रमुख विश्व विद्यालय र कलेजहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो । शैक्षिक मेलामा नयाँ पाठ्यक्रमहरू, योग्यता मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूको बारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइने शैक्षिक मेलाका संयोजक कुमार थपलियाले जानकारी दिए । 

एक्स्पो प्रामिनेन्ट सर्भिसेज (नेपाल) ले अफेयर्स एक्जिबिशन एण्ड मिडिया (भारत) को सहकार्यमा आयोजना गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, नेपाल भारत सहयोग मञ्च, नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टरले शैक्षिक मेलामा सहयोग गरेको नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए । 

वीरगञ्जको दियालो लर्ड प्लाजामा शुरु भएको शैक्षिक मेला भोलीसम्म चल्नेछ । 

एक्स्पोमा भारतका प्रतिष्ठित संस्था र उच्च मूल्याङ्कन गरिएका बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी मेसरा (राँची), भेल्लोर इन्स्टिच्युट अफ टेक्नोलोजी, मणिपाल विश्वविद्यालय, केआईआईटी विश्वविद्यालय (भुवनेश्वर), एमिटी विश्वविद्यालय (कोलकाता), आचार्य (बैंगलोर), शारदा विश्वविद्यालय (दिल्ली एनसीआर), जैन विश्वविद्यालय (बैंगलोर) लगायत सहभागि हुनेछन् । 

अफेयर्स एक्जिबिशन एण्ड मिडिया प्रा.ली.का संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जीव बोलियाले नेपाल लगायत एसियाभरका विश्वव्यापी विद्यार्थीहरूको ठूलो संख्यालाई प्रतिष्ठित भारतीय संस्थाहरूसँग जोड्ने लक्ष्यलाई शैक्षिक मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
स्टडी इन इण्डिया एक्स्पोले विगत १४ वर्षदेखि नेपालमा नियमित रूपमा शैीक्षक मेलाको आयोजना गर्दै आएको छ । 

May be an image of 5 people, people standing and indoor

Back to top