×

वीरगञ्ज २ फागुन । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी नागरिक एपबाट अब ड्राइभिङ लाइसेन्स (सवारीचालक अनुमतिपत्र) लिङ्क गर्न सकिने भएको छ । 

सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपले ब्लुबुक नवीकरण सुविधासँगै यो नयाँ फिचर समेत ल्याएको हो । यसका लागि नागरिक एपमा ड्राइभिङ लाइसेन्स नामक नयाँ आइकन थपिएको छ ।

त्यसमा दबाएर आफ्नो सवारीचालक अनुमतिपत्र एपमा लिङ्क गर्न सकिनेछ । यति मात्र होइन, मतदाता परिचयपत्र, नागरिकता र राहदानी जस्तै अब ड्राइभिङ लाइसेन्सबाट समेत नागरिक एपको खाता खोल्न सकिनेछ । एन्ड्रोइडमा आइसकेको यो नयाँ अपडेट आईओएसका लागि भने केही दिन कुर्नुपर्नेछ ।

निकट भविष्यमा नागरिक एपबाटै त्यसको नवीकरण तथा राजस्व भुक्तानी गर्न सकिने सुविधा समेत उपलब्ध हुने बताइएको छ । नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top